२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

पोखरा भ्यूज ।  जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आफ़नो ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ जना विद्यार्थीलाई ३५ हजार मूल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेका छन ।
पोखरा महानगरपालिका वडा नं. ९ स्थित नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रिय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपि, कलम, माक्स लगायतका सामाग्री वितरण गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याईन ।
समारोहमा शर्माले आफ़नो जन्मदिनको अवसरमा विगत १० बर्षदेखि आफुले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिव एवम् विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिए ।
अपाङ्गता भएका विद्यार्थी भाइबहिनीहरुले आफुलाई कमजोर महसुस नगरिकन शिक्षामा अव्वल हुनुपर्नेमा जोड दिंदै उनले पठनपाठनमा कुनै अप्ठेरो परेको जानकारी गराएमा आफुनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्था मार्फ़त अपाङ्गता भएका २७६ जना बालबालिका बिभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवम् निजामती सेवामा प्रवेश गरेको जानकारी दिए ।
कार्यक्रममा समाजसेवीहरु गोपि तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सवैले अनुसरण गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…