
पोखरा भ्यूज । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी१ नेपालको पोखरामा हुन गैरहेको दशौं वार्षिक अधिवेशनको तयारी पुरा भएको छ । माघ २९ गते शनिवार पोखरा ग्रान्डमा सम्पन्न हुने अधिबेशन हाई–ब्रिड प्रविधि मार्फ़त सम्पन्न हुने अधिवेशन मूल आयोजक समितिका संयोजक डम्बरसिं गुरूङले जानकारी दिए ।उनले भने,’कोभिड माहामारीलाई मध्येनज़र गर्दै भिड़भाड़ नहोस भनि सिमित प्रतिनिधिको सहभागिता गराई स्वास्थ्य मापदण्डको पालना गरी हाई–ब्रिड बिधि मार्फ़त अधिवेशन सम्पन्न गर्न गईरहेका छौं ।’
महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहनेगरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो ।
नेपालमा हाल क़ायम रहेका ४ वटा डिष्ट्रिक्ट ए वान, ए टु, बि वान र बि टु को अधिवेशन पश्चात नेपालमा १५ वटा डिष्ट्रिक्टमा हुनेछन् । डिष्ट्रिक्ट ३२५ बि १ नेपालबाट मात्र ५ वटा डिष्ट्रिक्ट हुनेछन् ।जस्मा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुने दशौं महाधिवेशनका मूल आयोजक समितिका सदस्य–सचिव मधुसुदन कोईरालाले जानकारी दिए ।
३२५ बी–१ नेपालको दशौं अधिवेशन पश्चात हुने ३२५ बी–१ नेपालको रिडिष्ट्रिक्टिङ पछिको ५ वटा डिष्ट्रिक्टको नेतृत्वको लागि गभर्नर टिमका उम्मेद्वार सर्वसम्मत चयन भएकाछन ।
नयाँ बन्ने डिष्ट्रिक्ट गभर्नरमा ३२५ आईबाट पोखराका राम बसेल, जे बाट पोखराका धुर्व श्रेष्ठ, के बाट पनि पोखरा कै राजेन्द्र बाटाजु, एल बाट काठमाँड़ौका मणि श्री रत्न बज्रचार्य र एम बाट काठमाँड़ौका महेन्द्र पौडेल सर्वसम्मत हुदैछन ।
डिष्ट्रिक्ट एल र एमबाट डिष्ट्रिक्ट गभर्नर हुने बज्राचार्य र पौडेल हालका डिष्ट्रिक्ट ३२५ बी १ नेपालका द्वित्तिय र प्रथम भाईस गभर्नर हुन भने आई, जे, के का बसेल, श्रेष्ठ र बाटाजु सिधै डिष्ट्रिक्ट गभर्नर बन्ने सौभाग्य पाएका छन ।
यसै गरी, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा डिष्ट्रिक्ट ३२५ आई, ३२५ जे, ३२५ के, ३२५ एल र ३२५ एम मा क्रमशः चन्द्र कुमार केसी, हरि मरहट्ठा, सुचित्रा थापा, परमेश्वर बराल र भिमलाल पौडेल सर्वसम्मत चुनिएका छन ।
त्यस्तै द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पदमा डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमबाट क्रमशः बिनोद ढुङगाना, मिलन थापा, निरा बज्राचार्य, सुमन भट्ट र चण्डीप्रसाद अर्यालले सर्वसम्मत भएका छन ।
लायन्स डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भनरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहने प्रावधान रहेको छ । लायन्सको अन्र्तराष्ट्रिय प्रावधान अनुसार गर्भनर र भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार हुनेले५० प्रतिशत प्लस ‘एस’ भोट लिनुपर्ने हुन्छ ।








सम्बन्धित खवर
















