
पोखरा भ्यूज । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी सुरु गरेको छ ।
मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दे कार्यानवयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिईन । अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षो लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ ।
पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्ने क्रममा मन्त्री अधिकारीले गुणस्तरीय सेवाका लागि भएका उपकरणहरु सहि अबस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्ति आबस्यक रहेको मन्त्रालयले महशुस गरेकोले सोही अनुसार अगाडी बढ़ेको बताईन । स्वास्थ्य आम मानिसको पहुँचमा पुग्ने स्वास्थ्य निति बनाइएको छ, अब त्यो अनुसार काम अगाडी बढ्छ । कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दिर्घकालिन बनाउन उजुरी रहेको उनको जोड थियो । प्रदेशका बिभिन्न स्थानमा रहेका अक्सिजन प्लान्ट अहिले प्रयोग बिहिन बनेको आफुलाई जानकारी आएको भन्दै उनले र्निमाण मात्र ठुलो कुरा हाईन प्रभावकारी हुने, नहुने मुख्य कुरा भएको बताएकी छन ।
कार्यक्रममा मन्त्रालयका सचिवमन्त्रालयका सचिव श्रीराम तिवारी आजको अबस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन बढी रहेको बताए । तालिमको उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने ब्यबस्था आम नागरीकका लागि एक एतिहासिक महत्वको र्निणय भएको बताए ।







सम्बन्धित खवर
















