गैसस महासंघ कास्कीको २२औँ साधारणसभा एवं ११औं वार्षिक अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

पोखरा भ्यूज । महामारी नियंत्रण, दिगो विकास र समृद्धिका लागि साझेदारी, स्वतन्त्रता, सुशासन र सामाजिक क्षेत्रकोपहिचानका लागि पहरेदारी, भन्ने मूल नाराका साथ ग़ैर सरकारी संस्था महासंघ कास्की शाखाको २२औँ साधारणसभा एवं ११औं वार्षिक अधिवेशन सोमवार सम्पन्न भएको छ ।
महासंघ कास्की शाखाका अध्यक्ष पदमराज पहारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कास्कीका संयोजक बैन बहादुर अधिकारी क्षेत्रीको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको थियो ।

अधिबेशनले डा. बुद्धिबहादुर थापाको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ ।जसको उपाध्यक्षमा इन्दिरा पौडेल, सचिबमा सरोज नारायण बराल, सह–सचिबमा केशु भुजेल, कोषाध्यक्षमा शारदा गौतम निर्वाचित भएका छन ।
त्यस्तै, कार्यसमिति सदस्यमा लक्ष्मी कुँवर, विना पुन, तिर्था श्रेष्ठ, नरबहादुर परियार, बिष्णु बराल, प्रकाश घर्ती, पुण्य भण्डारी, योगराज पौडेल, शिव शर्मा चापागाई र सम्राट गौतमलाई निर्बाचित गरेको निर्वाचन समितिका संयोजक भगवती पहारीले बताईन ।
निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन मण्डलमा अधिवक्ता भगवती पहारी संयोजक र गैसस का केन्द्रिय सदस्य राजेन्द्र पौडेल साथै इन्सेक पश्चिमांचल संयोजक शिव खकुरेल सदस्य रहेका थिए ।

सो अवसरमा ग़ैर सरकारी संस्था महासंघ कास्कीका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद बरालद्वारा स्थापित चन्द्रकृष्ण सामाजिक सेवा पुरस्कारबाट एड्स रोग नियंत्रण संघ पोखराका अध्यक्ष विश्वमोहन गौचनलाई पुरस्कृत गरेको थियो भने महासंघ कास्कीले पनि सामाजिक अभियान तथा एचआईभी संक्रमितहरूको क्षेत्रमा एवं संस्थाको संस्थागत विकासमा उल्लेख्य कार्य गरेकोमा गौचनलाई सम्मान गरेको थियो । गौचनलाई प्रमुख अतिथि क्षेत्री, बिशिष्ट अतिथि गैसस महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, महासंघ कास्कीका अध्यक्ष पदम पहारी, पुरस्कार स्थापना गर्ने कृष्ण प्रसाद बराल लगाएतले पुरस्कृत एवं सम्मान गरेका थिए ।

सल्लाहकार कृष्णप्रसाद बरालले चन्द्रकृष्ण सामाजिक सेवा पुरस्कारको अक्षयकोष रक़म एक लाख रूपैया महासंघ कास्कीका अध्यक्ष पहारीलाई हस्तान्तरण गरेका थिए । सो रक़मको ब्याजबाट बर्षेनि सामाजिक सेवामा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने बरालले जानकारी दिए ।
यसअघि अधिवेसनको उद्घाटन गर्दे प्रमुख अतिथि क्षेत्रीले दुःख र अप्ठेरो परेको बेला जन्मिएको संस्थाले समुन्नत नेपाल निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले गैर सरकारी संस्था महासंघले शुसासन र शान्ती कायम गर्नको लागि सबैलाई खबरदारी गर्न आह्वान गर्दै अधिवेसन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले राज्यले अझैपनि गैहसरकारी संघ संस्थाहरुलाई विभिन्न खाले अंकुसमा बाध्ने प्रयास गरि रहेको बताए । सामाजिक विकास ऐन सच्याउन ड्राफ्ट गरेको ऐनलाई रोकेर परिमार्जित गर्न सुझावको पत्र दिदा पनि सरकारले ब्यवास्था गरीरहेको बताउदै संघ संस्थाहरु गृह मन्त्रालय अन्तरर्गत रहने की समाज कल्याण मन्त्रालयमा राख्ने भन्ने खालको सरकार नै अन्यौलमा रहेको बताए ।
विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले समाज रूपान्तरणमा ग़ैर सरकारी संस्थाक़ो महत्वपूर्ण स्थान रहेको बताए । सरकारसँग प्रत्यक्षरुपमा नजिक रहेर पुलको काम गरीरहेको बताउदै शाहीले निति निर्माण र कार्यान्वयनमा गैर सरकारी संस्थाको अहम भूमिका रहेकोले यसलाई सबैको समर्थन र सहयोगको आबस्यकता रहेको बताए ।
कार्यक्रममा ग़ैर सरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई, उपमहासचिव उमेश विक, केन्द्रिय सदस्य राजेन्द्र पौडेल, विजय प्रधान, संस्थाका गण्डकी प्रदेश अध्यक्ष गोपाल खडका, पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद बराल, इन्सेक पश्चिमांचल संयोजक शिव खकुरेल, सम्मानित व्यक्तित्व विश्व मोहन गौचन, संस्थाका जिल्ला उपाध्यक्ष इन्दिरा पौडेल, सचिव डा. बुद्धिबहादुर थापा लगाएतले गैरसरकारी संघ संस्थाहरू भनेका समाजका लागि सहजकर्ता हुन भनेर बुझ्न जरुरी रहेको बताएका थिए । कोभिड महामारीको कारण पछिल्लो समयमा गैरसरकारी संघ संस्थाहरु समस्याले पिरोलिएको र अन्तराष्ट्रिय डोनर बिस्तार हराउदै गएको सहभागीको गुनासो रहेको थियो ।
सचिव डा. बुद्धिबहादुर थापाले सांगठिनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिनिधिको रूपमा कार्यसमिति सदस्य विष्णु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरिएको थियो । कास्कीमा १५३ संस्था दर्ता भए पनि ९३ वटा संस्थाहरु नविकरण भएको महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले जानकारी दिए ।























