173Shares

पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस शान्ति दिप टोल कार्यसमिति पोखरा १६ को सभापतिमा प्रदिप गुरुङ चयन भएका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य अर्जुन वि.क. को प्रमुख आतित्थ्यमा सम्पन्न भेलाले गुरुङको नेतृत्वमा २१ सदस्यीय टोल कार्यसमिति चयन गरेको हो । यो सँग पोखरा १६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ९ पुगेको पोखरा १६ का पूर्वसभापति शिवराज देवकोटाले जानकारी दिए ।

शान्ति दिप टोल कार्यसमिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै काँग्रस नेता तथा कार्यकर्ताहरु ।

नेपाल काँग्रेसका महासमिति सदस्य वि.क. ले टोलकार्यसमितिका पदाधिकारीलाई संयुक्त रुपमा माइन्यूट हस्तान्तरण गर्दै वधाई ज्ञापन गरेका थिए ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले काँग्रेसको संगठन विस्तार अभियान अन्तर्गत कास्की जिल्लाभरि नै टोल कार्यसमिति गठन गर्ने कार्य जारी रहेको जानकारी दिए । उनका अनुसार पोखरा १६ मा पनि टोल कार्यसमिति गठन गर्ने प्रक्रिया चलिरहेको छ ।


कार्यक्रममा के.आई. सिंह पुल नाला उपभोक्ता समितिका अध्यक्ष क्या. डम्बरबहादुर गुरुङ, शान्ति दिप बाटो निर्माण समितिका अध्यक्ष वीरबहादुर गुरुङ र सेतीघाट निर्माण समितिका अध्यक्ष सुवेदार भक्तबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि मदन बस्नेत, नेपाली काँग्रेस प्रदेश सभा ख का उपसभापति होमबहादुर बानियाँ, जिल्ला प्रतिनिधि वर्षाकेशव पराजुली, नेपाल महिलासंघ १६ की सभापति कमला तिमिल्सिना लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस पोखरा १६ का कार्यवाहकसभापति गणेश थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव धर्मराज थापाले गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि पदमसिंह गुरुङले पोखरा भ्यूससँग संक्षिप्त प्रतिक्रिया दिंंदै वडाका टोलटोलमा काँग्रेसको संगठन निर्माण गर्ने प्रक्रियालाई जारी राख्ने बताए । उनले आउँदो वैशाख ३० हुने स्थानीय निर्वाचनको प्रचारप्रसारमा सक्रियतापूर्वक नेपाली काँग्रेसका उमेद्वारलाई जिताउन सुझाउ दिए।

173Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected