
पोखरा भ्यूज
पोखरा । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यलय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैकिङ कारोबार शुभारम्भ गरेको हो । नेपाल अधिराज्यभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स लि. राष्ट्रिय स्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ ।
स्थापनाकालको २५ औ वर्षसम्म आईपुग्दा संस्थाले ठुलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अगाडी बढीरहेको छ ।
वित्तीय संस्थाको हाल अधिकृत पुँजी रु १५० करोड रहेको छ भने चुक्ता पुँजी १.०४ अर्व रहेको छ । देशका विभिन्न ठाउँहरुमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, १ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको छ ।

२५ औ वार्षिकोत्सवको अवसरमा संस्थाले मिति २०७८ चैत्र २ गते प्रधान कार्यलयको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको २५ औ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव र सहयोग प्रदान गर्नुहुने सम्पुर्ण आदरणीय ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, शुभेच्छुक, कर्मचारी तथा नियामक निकायहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै वित्तीय संस्था आगामी दिनहरुमा समेत आफ्नो ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न तत्पर रहेको वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।






सम्बन्धित खवर
















