२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

जनताको बलमा एमालेले गठनबन्धनलाई परास्त गर्ने-थापा

पोखरा भ्यूज

पोखरा ।  नेकपा (एमाले) केन्द्रीय सदस्य कृष्ण थापाले निर्वाचनमा जस्तोसुकै गठबन्धन बिरुद्धमा पार्टी एक्लै लडन तयार रहेको बताएका छन ।
नेकपा एमाले पोखरा १७ सिद्धार्थराजमार्ग उत्तर दक्षिण टोल कमिटिको अधिवेशनमा बोल्दै उनले जनताको बलमा एमालेले गठनबन्धनलाई परास्त गर्ने बताएका हुन ।
सुखी नेपाली समृद्ध नेपाल अभियानलाई पुरा गर्ने लक्ष्यका साथ अघि बढेको एमालेलाई जनताको साथ र सहयोग रहेको विश्वास व्यक्त गर्दै उनले जन अपेक्षा पुरा गर्नका लागि संगठित भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
गण्डकी प्रदेश सभा सदस्य समेत रहेका थापाले संघीय र प्रदेश सरकारले ठूला विकास योजनाको बजेट कटौती गरेर जनताप्रति कुठाराधात गरेको आरोप लगाए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हात्तीको कानमा टाँस्सिएका चमेराहरुको हैसियत नेपाली जनताले देखाई दिने बताउँदै नेता थापाले इमान्दार र सच्चा कम्युनिष्ट कार्यकतालाई डेरा छोडेर एमाले मूल घरमा फर्कन आग्रह समेत गरे ।
कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले पाँच बर्षको अवधिमा वडामा चार अर्व भन्दा बढी रकमबाट सडक, खानेपानी लगायतका विकास निर्माणका काम भएको उल्लेख गर्दै भौगोलिक हिसावले ठूलो वडा भएको कारण कति पय काम अझै पुरा गर्न नसकिएको बताए ।
टोल कमिटि अध्यक्ष सविता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य भेषराज बराल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, कार्यपालिका सदस्य राधीका शाही योगी, एमाले १७ का वडाअध्यक्ष ऋण तिमिला, पार्टी पूर्व अध्यक्ष सुभाष ढुङगाना लगायतले पार्टीको गतिविधि तथा विकास निर्माणका पक्षमा चर्चा गरेका थिए ।
अधिवेशनले राधीका शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन गरेको छ । सो कमिटिको उपाध्यक्षमा लाल बहादुर गिरी, सचिवमा सिता सुवेदी ढकाल, सहसचिवद्धय शोभा सुवेदी र गंगा शर्मा रहेका छन । त्यसै गरि सदस्यहरुमा बुद्धि भण्डारी, सिता ढकाल, कृष्ण ढकाल, कुष्ण क्षेत्री, गणेश गिरी, शोभा त्रिपाठी, विजया बराल, भगवती बराल, नानुमाया थापा, शिवराज बराल, हरिप्रसाद बराल, सावित्री अधिकारी, सिता सापकोटा, दिलमाया गुरुङ, कमला शर्मा, द्रौपती ढकाल र गंगा तिवारी रहेका छन ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…