3Shares
पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रविधिक शिक्षा आजको आवश्यकता भएको बताएका छन । पोखरा ३३ स्थित शिशु कल्याण माविको शुक्रबार एक समारोहका बिच ८ कोठे भवनको उद्घाटन गर्दै मन्त्री बरालले उच्च शिक्षा हासिल गरेर मात्र नहुने भएकोले प्राविधिक शिक्षा नै आजको आवश्यकता भएकोमा जोड दिएका हुन ।
समाजवादी शिक्षाले आम युवाहरुलाई स्वदेशी स्वरोजगार सृजना गर्न मद्धत पुग्ने बताउदै मन्त्री बरालले हरेक बिद्यार्थी सिप युक्त हुन आवश्यक भएको बताए । वोर्डिङ स्कुलहरुको मात्र बिरोध गर्नु भन्दा सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने र सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी र उनका अभिभावक समेत वोडिङ स्कुल जस्तै सचेत हुन जरुरी रहेको उनको भनाई थियो । बिद्यालयमा शिक्षक सहित २५ जनाको कर्मचारी दरवन्दी भए पनि हाल निमावि र मावि तर्फ दरवन्दी नहुनु निकै दुःख लाग्दो कुरा भएको बताउदै मन्त्री बरालले प्रदेशको क्षेत्राअधिकार भित्र शिक्षा नपरेकोले आफुहरुले शिक्षक तथा कर्मचारीको दरवन्दी ब्यबस्थापन गर्न नसक्ने बताए । बिद्यालयमा वारी र पारी दुई वटा भवन बिचमा सडक बाटो भएकोले आकासे पुल बनाउन देखि बिद्यालयको थप भौतिक पूर्वाधार निर्माणमा पहल गर्ने मन्त्री बरालले वचन दिएका छन ।
राष्ट्यि पुनः निर्माण प्राधिकरणबाट दुई तलो ८ कोठे भवन करिब ९१ लाख ८३ हजारमा निर्माण भएको बिद्यालयका प्रध्यानाध्यापक सुजन पौडेलले बताए । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्रीभद्र बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्य, पूर्व अध्यक्ष प्रविन आचार्य, बिद्यालयका सल्लाहकार डिल्लीराम बराल, वाला देवि आमा समुहका अध्यक्ष देवि आचार्य, स्थानिय कृष्ण अधिकारी, रामचन्द्र अधिकारी लगायतले वोलेका थिए ।
3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected