२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरामा जारी १५ औं बिटी कपमा आईतबार ९ खेल सम्पन्न

पोखरा भ्यूज
पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आज (आईतबार) ९ खेल सम्पन्न भएका छन् ।
बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा मानाराथा चर्च र शितल ज्योती क्लब बिच भएको पहिलो खेल निर्धारित समयमा गोलरहित भएपछि टाईबेकरमा २–१ गोल अन्तरले शितल ज्योती विजयी बन्यो ।
बिटी क्लबका अध्यक्ष विजया गुरुङका अनुसार दोस्रो खेलमा वाईसीएल हेम्जाको अनुपस्थितिमा मेरो नेपाल क्लब वाक ओभर मार्फत विजयी बन्यो ।
त्यसैगरी तेस्रो खेलमा बि पहेलोलाई एम फाईभ मालेपाटनले ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । मालेपाटनको जितमा मिलन मगरले २ गोलको योगदान दिए भने । फोनस कार्की, आशिस नेवार, सोम थिङ र सन्दिप क्षेत्रीले समान १÷१ गोल गरे ।
सँगम टिम ‘बि’ र नदीपुर युनाईटेड बिच भएको चौथो खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाईबेकरमा नदीपुरले जित निकाल्यो ।
पाँचौ खेलमा ब्रदर युनिटीलाई करापुटारले ४–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । करापुटारको जितमा रामबाबु नेपालीले ह्याट्रिक गरे भने मुकेश दुराले १ गोल गरे ।
भदौरे एफसी र म्याक्सवेल पोखरा बिच भएको छैटौं खेल निर्धारित समय गोलरहित सकिएपछि टाईबेकरमा भदौरे एफसीले ३–२ गोल अन्तरले जित निकाल्यो ।
सातौ खेलमा हेम्जा युनाईटेड ‘बि’लाई डिफेण्डिङ च्याम्पियन एम टुभेलले ३–० गोल अन्तरले पराजिगत गर्दै दास्रो चरणमा प्रवेश गर्याे । एम टुभेलको जितमा अभिनाश तामाङले २ गोल गरे भने समिर प्रधानले १ गोलको योगदान दिए ।
आठौं खेलमा भलाम एफसीलाई एम टुभेल टिम ‘बि’ ले १–० गोल अन्तरले पराजित गर्याे । एम टुभेल टिम बिको जितमा मानव जिसीले निर्णायक गोलको योगदान दिए ।
आज सम्पन्न अन्तिम खेलमा बाईलेस क्लाले गार्डेन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे । बाईलेसको जितमा अन्जल महर्जनले निर्णायक गोल गरेका थिए ।
सोमबार पनि पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…