
पोखरा भ्यूज
पोखरा, ३० चैत । पृथ्वीनारायण क्याम्पस, नेपाली विभागको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. भिमप्रसाद खतिवडासँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार पृथ्वीनारायण क्याम्पस, नेपाली विभागको सभाकक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक लगायत क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. खतिवडाले नयाँपुस्तामा संस्कृत भाषाका साथै संस्कृत विश्वविद्यालय के हो ? भन्ने बारेमा जानकारी हुनुपर्ने बताउदै नयाँपुस्ताले संस्कृत भाषातिर खासै चासो नदिएकोमा गुनासो समेत ब्यक्त गरेका थिए । सो अवसरमा खतिवडाले नेपाली विभागको पुस्तकालयको अवलोकन गर्दै नेपाली विभागमा उदाहरणीय पुस्तकालय स्थापना भएकोमा गौरव अनुभूति भएको प्रतिक्रिया दिएका थिए ।
क्याम्पसका नेपाली विभाग प्रमुख प्राध्यापक डा. न्यौपानेले संस्कृत विश्वविद्यालयको बारेमा जानकारी दिने र त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि अनुसन्धानमा सहयोग पुग्ने हुनाले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
आगामी दिनमा पनि संस्कृत विश्वविद्यालय र नेपाली विभागबिच सहकार्य हुने उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालय बिच अनुसन्धानमा एक रुपता ल्याउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको न्यौपानेको भनाई छ ।

विन्दावासिनी संस्कृत विध्यापिठका प्रमुख डा. जगन्नाथ रेग्मीले विद्यार्थी अनुसन्धानमुखि हुनुपर्ने बताउँदै अनुसन्धानमा लाग्न प्रेरित गरे ।
नेपाली विभागका सदस्य श्रीधर न्यौपानेले नेपाली विभागले बिगत देखिनै यस्ता गतिबिधि गर्दै आइरहेको बताउदै यस्ता गतिबिधिले अँझ पठन पाठनमा थप सहयोग पुग्ने बताए।
सो अवसरमा शिक्षाध्यक्ष प्रध्यापक डा. खतिवडाले केही पुस्तक नेपाली विभागलाई हस्तान्तरण समेत गरेका थिए ।

पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्राध्यापक डा. कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहायक क़याम्पस प्रमुख यादवराज उपाध्याय, पूर्व सहायक क़याम्पस प्रमुख डा विरबहादुर कार्की, प्राध्यापक संघका सभापति लक्ष्मीशरण अधिकारी सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन नेपाली विभागका उपप्राध्यापक निर्मल सापकोटाले गरेका थिए ।







सम्बन्धित खवर
















