23Shares

पोखरा भ्यूज

काठमाडौं । पत्रकार महासङ्घले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासङ्घको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज बिहीवार बसेको बैठकले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले पालिका चुनावमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ ।

यदि महासङ्घको सदस्यता परित्याग नगरि उम्मेदवारी दिने व्यक्ति महासङ्घमा कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

यस्तै महासङ्घले पालिका चुनावमा महासङ्घका सबै सदस्यलाई आचारसंहिताको पालना गरेर तटस्थ भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected