
पोखरा भ्यूज
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रबृति बिरुद्ध गठबन्धन एक हुन आवश्यक भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। पोखरा २५ हेमजामा विहिबार आयोजित एक समारोमा वोल्ने वक्ता तथा नेताहरुले ठुलो सर्घष र बलिदानबाट प्राप्त संविधान तथा गणतन्त्रलाई संस्थागत हुन नदिने ओली प्रबृत्ति बिरुद्ध एक हुनु पर्ने बताएका हुन्।
पटक पटक संसद विघटन गरी नेपालको संविधान विपरित कदम चाल्ने ओली प्रबृति बिरुद्ध स्थानिय निर्वाचनमा त्यसको परिणाम देखाउनुपर्ने वक्ताहरुले बताएका छन्। कार्यक्रममा वोल्दै गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नेपाली राजनीतिलाई सहि ढंगले लैजान नसके देशमा अराजक र बेतिथि निम्तिने दाबी गरे । माओबादी केन्द्रका नेता समेत रहनु भएको मन्त्री बरालले मिसन, उद्धेश्य र लक्ष्य पुरा गर्न तर्फ आगामी निर्वाचन केन्द्रित हुनु पर्ने बताए । ५ दलीय गठबन्धमा सवैको अस्तित्व विस्कार्य हुने गरी सम्मानजनक ढंगले बाडफाँड हुनुपर्ने र गठबन्धन एक भई एउटै मिसनमा लाग्नुको विकल्प नभएको मन्त्री बरालको भनाई थियो ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले देशमा अझै पनि अस्थिरता निम्त्याएर केही समुहले मात्र हालीमुहाली गर्न खोजेको आरोप लगाए । माओबादी केन्द्र पोखरा महानगरका संयोजक समेत रहेका कोइरालाले स्थानिय निर्वाचनमा गठबन्धन एक भई लाग्नुपर्नेमा जोड दिए । माओबादी केन्द्र पोखरा महानगर कमिटि अध्यक्ष कृष्ण गिरी विज्ञानले गठबन्धनमा महानगरमा सम्मानजनक ढंगले वितरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कागेंस पोखरा २५ का सभापति मधुशुधन त्रिपाठी, माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारी, नेकपा एकिकृत समाजबादीका नेता नारायण अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता तम बहामदुर रोका लगायतले बोलेका थिए ।







सम्बन्धित खवर
















