157Shares

पोखरा भ्यूज
पोखरा । पोखरा १६ मा गठबन्धनमा रहेका दलहरूले शुक्रबारदेखि संयुक्तरुपमा घरदैलो कार्यक्रम शुरू गरेका छन् । शुक्रबार विहानदेखि अर्मलाकोट गाउँबाट गठबन्धनका रहेका दल नेपाली काँग्रेस र एकीकृत माओवादी केन्द्रले आफ्ना उमेद्वारसहित घरदैलो कार्यक्रम शुरू गरेका प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार पोखरा १६ मा नेपाली काँग्रेस र एकीकृत माओदवी केन्द्रको मात्र तालमेल रहेको छ । यद्यपि वडामा नेकपा एकीकृत समाजवादीसमेतका अन्य सत्ता गठबन्धनका दलहरु समावेश भएका छैनन् । तर जनमोर्चाले एक खुल्ला वडा सदस्य र एकीकृत समाजवादीले दुई खुल्ला सदस्यमा उमेद्वारी दिएको छ ।

गठबन्धनका उम्मेदवार र दुवै पार्टीका नेता तथा कार्यकर्ताले अर्मलाकोटमा रहेको सिद्ध वराहको दर्शन गरी घरदैलो कार्यक्रम शुरु गरेका थिए । घरदैलो कार्यक्रममा वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिना, दलित महिला सदस्यमा ओममाया नेपाली, महिला सदस्यमा भगवती भट्टराई र खुल्ला सदस्यद्वय मीनबहादुर गुरुङ र निर्मल आचार्य सहित दुवै दलका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

काँग्रेसको नेतृत्वमा गठबन्धमा रहेका उमेद्वारमध्ये नेपाली र गुरुङ काँग्रेसको तर्फबाट प्रत्यासी भएका हुन् भने भट्टराई र आचार्य माओवादी केन्द्रका नेता हुन् ।

घरदैलो कार्यक्रममा संयुक्त निर्वाचन परिचालन समितिकाक संयोजक काँग्रेस नेता पद्मसिंह गुरुङ, सहसंयोजक महाधिवेशन प्रतिनधि मदन बस्नेत, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिद्वय लक्ष्मी पाण्डे र राधाकृष्ण गुरुङ, माओवादी केन्द्र पोखरा १६ का इञ्चार्ज गुरुदत्त भट्टराई र गठबन्धनमा रहेका दलहरुको भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता देखिएको थियो ।

अर्मलाकोटबाट शुरु भएको घरदैलो कार्यक्रम र्यालेपात्ले, टाँडाविसौनी, डिहीगाउँ, देउराली, सालघारी, विरुवा, कुर हुँदै सम्पन्न भएको प्रचार समितिले बताएको छ ।

गठबन्धनका दलहरूले शनिबार विहान कालीमुढाबाट पुनः घरदैलो कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिएका छन् । यसअघि नेपाली काँग्रेसका नेता एवं पूर्वमहाधिवेशन प्रतिनिधि पद्मसिं गुरुङको संयोजकत्वमा चुनाव परिचालन समिति र विभिन्न ७ वटा उपसमिति गठन गरिएको छ । यही वैशाख ३० गते देशभर एकै साथ स्थानीय तहको निर्वाचन हुने कार्यतालिका छ ।

157Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected