
- पोखरा भ्यूज
पोखरा । पोखरा १६ मा गठबन्धनमा रहेका दलहरूले मंगलबार शान्ति दिप, सुन्दरफिड दिप हाउजिङ, अमरदिप, इञ्जिनियरिङ क्याम्पस गेट, सगरमाथा टोल लगायतका क्षेत्रमा संयुक्तरूपमा घरदैलो कार्यक्रम गरेका छन् । गत शुक्रबार अर्मलाकोटबाट शुरू भएको घरदैलो मंगलबार पाँचौं दिन पनि जारी रहेको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले बताए ।

गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र एकीकृत माओवादी केन्द्रले आफ्ना उमेद्वारसहित घरदैलो कार्यक्रम गरेको हो । त्यसक्रममा साँस्कृतिक समितिले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
जनताको मत माग्न पोखरा १६ का घरघरमा पुगेका गठबन्धनका उमेद्वारहरुलाई स्थानीयले पूर्वाधार विकासमा जोड दिन सुझाउ दिएका छन् । ‘वडावासीका सुझावलाई मनन गरी जनताका सेवा गर्न हामी तत्पर छौं । वडावासीका माग र सुझाउ बमोजिम काम गरी पोखरा १६ लाई नमूना वडा बनाउँछौं । त्यसका लागि वडावासीले वैशाख ३० गते हाम्रो टिमलाई मतदान गरी विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु,’ घरदैलोमा पुगेका वडाध्यक्षका प्रत्यासी उमेद्वार अमृत शर्मा तिमिल्सिनाले भने ।
मंगलबार साँझ सगरमाथा पुगेर मंगलबारको घरदैलो सकिएको थियो । विपक्षी दलको प्रतिगामी कदमका विरुद्ध मोर्चाबन्दी गरेका दलहरुको गठबन्धनमा ऐक्यबद्धता जनाउँदै घरदैलो कार्यक्रममा सहभागी भएका तीनै दलका नेता तथा कार्यकर्तालाई धन्दयवाद दिंदै नेपाली काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि बस्नेत बस्नेतले वुधबार पनि घरदैलो कार्यक्रम जारी रहने जानकारी दिए ।
मंगलबारको घरदैलो कार्यक्रममा वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिना, दलित महिला सदस्यमा ओममाया नेपाली, महिला सदस्यमा भगवती भट्टराई र खुल्ला सदस्यद्वय मीनबहादुर गुरुङ र निर्मल आचार्य घरघरमा पुगेर जनताको सेवा गर्ने वाचा गरेका थिए ।







सम्बन्धित खवर
















