
- पोखरा भ्यूज
२० वैशाख, अन्नपूर्ण, कास्की । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचारका क्रममा अन्नपूर्ण ११ का विभिन्न क्षेत्रमा घरदैलो अभियानलाई जारी राखेको छ ।
अन्नपूर्ण– ११ को झिनु, तौली र छोम्रोंग लगायतका स्थानमा उम्मेदवारले मतदाताहरुको घर घरमै पुगि विकासका प्रतिवद्धताका साथ मत मागेका छन् । तौलीमा उम्मेदवार र मतदाता बिच बिकास र समृद्धिका बारेमाअन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो ।

मंगलवार भएको घर दैलोको नेतृत्व अन्नपूर्ण गाउँपालिकाका सभापति एवं चुनाव प्रचारप्रसार समितिकासंयोजक मनपति भण्डारीले गर्नु भएको थियो । प्रचारप्रसार अभियानमा महासमिति सदस्य आईबहादुर गुरूङ, दीपक गुरूङ, क्षेत्रिय सभापति मनोज गुरूङ, महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुदसंघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली कांग्रेस अन्नपूर्ण ११ का सभापति बिशाल गुरूङ, उपसभापतिहितमान गुरूङ लगाएतको सहभागिता रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका लागि अध्यक्ष र उपाध्यक्ष पदका प्रत्याशी उम्मेदवार युवराज कुँवर र खेमकुमारी गुरूङ, वडाध्यक्ष उम्मेदवार ललित गुरूङ र वडा सदस्यका उम्मेदवार खुला महिला सदस्य तारादेवी पौडेल, दलितमहिला सदस्य मनमाया बिक, खुला सदस्य गोपाल आले, मिलन गुरूङ लगाएतले मतदाताका गुनासा रसुझावलाई आफुले समेट्ने बिस्वास व्यक्त गरेका छन् ।
अन्नपूर्ण– ११ मा १ एक हजार ८ सय ४० मतदाता मध्ये धौलाश्री मा बि छोम्रोंगमा ७ सय २६ र मेश्रम बराह माबि घान्द्रुकमा १ हजार १ सय १४ मतदाता रहेका छन् ।





सम्बन्धित खवर
















