48Shares

पोखरा भ्यूज

२३ वैशाख, लुम्ले । नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं  ले लुम्लेमा चुनावी कोण सभा सम्पन्न गरेको 

सभामा बोल्दै पाटीका तर्फबाट गाउँपालिकाका लागि अध्यक्ष पदका उम्मेदवार युवराज कुँवरले पालिकामा बिकासका पूर्वाधार खड़ा भएका छन, त्यसलाई निरन्तरता दिन विगतको बर्षको कामको मूल्याङकन गरी यस पटक पनि आफु आफ्नो टिमलाई मतदान गरी बिजय गराउन आग्रह गरे

त्यस्तै, उपाध्यक्ष पदका उम्मेदवार खिमकुमारी गुरूङले महिलाहरुमा क्षमता हुदा पनि अवसरबाट बन्चित हुनुपरेको बताउदै महिलाहरुलाई उद्यमशिलता उपाध्यक्षसँग महिला कार्यक्रम मार्फत हरेक टोल टोलका महिलाहरुसँगको सहकार्यमा महिला मैत्री कार्यक्रमहरु सञ्चालन गर्ने बताईन

वडा सभापति कृष्णप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न कोण सभामा वडाध्यक्षका उम्मेदवार नविन गुरूङले वडाको बिकासका लागि अहोरात्र खटने बताए

कोण सभामा महासमिति सदस्य स्थानीय बासिन्दा आईबहादुर गुरूङले अरु पाटी कुरा अरु मात्र गर्छन तर नेपाली कांग्रेस काम गर्दछ भन्दै काँग्रेस जे बोल्छ, त्यही गर्छ जे गर्न सकिन्छ त्यहि मात्र बोल्ने पाटी भएको हुँदा ३० गते सम्पन्न हुने स्थानीय चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोधगरे

कोण सभामा नेपाली कांग्रेसका नेता क्षेत्रिय सभापति मनोज गुरूङले मुलुकको दिगो बिकास समृद्ध मुलुक निर्माणका लागि नेपाली काँग्रेस बिना सम्भव नभएको बताए

लोकतांत्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले बिकास समृद्धिका लागि आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताउदै खेलकुदको बढ्दो महत्वलाई दृष्टिगत गरी पालिका भित्रका बिधालयमा खेलकुदको पाठ्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका सभापति मनपती भण्डारीले नेपाली काँग्रेसले गाउँपालिकामा सक्षम र इमान्दार उम्मेदवार पठाएको बताउदै उम्मेदवारलाई रुख चिन्हमा भोट हालेर बिजय गराउन आग्रह गरे

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रसारप्रचार समितिका सदस्य सचिव राजबहादुर गुरूङले राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेकोले काँग्रेसका उम्मेदवारलाई अमूल्य मतदान गरी विजय गराउन अनुरोध गरे नेपाली कांग्रेसका जिल्ला सदस्य मनबहादुर लाम्गादेले नेपाली कांग्रेसमात्र दलित उत्पिडनमा परेकाको पक्षमा बोल्ने पाटी भएकोले सम्पूर्ण दलित दाजुभाई दिदी बहिनीलाई नेपाली कांग्रेसका उम्मेदवारलाई रुख चिन्हमा भोट हालेर बिजय गराउन आग्रह गरे

48Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected