2Shares

पोखरा भ्यूज
पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसको तर्फबाट अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका युवराज कुँवर सहितको टोली आफ्नो विरासत जोगाउन घरदैलो अभियानलाई तिब्र पारेका छन् ।
गएको निर्वाचनमा ६ वडा सहित पालिका अध्यक्षको जीत हासिल गरेको नेपाली काँग्रेस अन्नपूर्णले यस पटकको निर्वाचनमा ११ वटै वडा, पालिका अध्यक्ष र उपाध्यक्ष कब्जा गर्ने रणनिति सहित चुनावी अभियानलाई आक्रमण बनाईएको क्षेत्रीय सभापति मनोज गुरुङले जनाए ।
‘अन्नपूर्ण गाउँपालिकामा गएको निर्वाचनपछि विकासका धेरै कामहरु सम्पन्न भए’ क्षेत्रीय सभापति गुरुङले भने ‘पाँच वर्षमा गरेका कामको मुल्याङकन गरी फेरी पनि युवराज कुँवरको टिमलाई जिताउन आवश्यक छ ।’ नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं ८, १० र ११ मा आयोजित छुट्टा छुट्टै कोणसभामा गुरूङले सो कुरा बताएका हुन ।
उम्मेदवार एवम् नेपाली कांग्रेसका नेताहरु जनताका समस्याहरु बुझ्दै घरदैलो कार्यक्रम मार्फत मतदाता समक्ष पुगेपछि मतदाताहरु थप उत्साहित पनि भएका छन् ।
नेपाली काँग्रेस महासमिति सदस्य दिपक गुरुङले हरेक मतदाताको मत अमूल्य हुने भन्दै सोही मतको आधारमा नेतृत्व चुनिने र पालिकाको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि जस्ता क्षेत्रमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा पाँच बर्षको कार्यकालमा नेपाली कांग्रेसले सवैको मन मष्तिष्कमा वस्न सफल पार्टी भएको लोकतांत्रिक खेल कुद संघका अध्यक्ष देवेन्द्र शेरचनले बताए । वाकी रहेका कामहरु सम्पन्न गर्न फेरीपनि कांग्रेसलाई जिताउनु पर्ने उनको भनाई छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीले नेपाली कांग्रेसको नेतृत्वमा अन्नपूर्णको विकास जिरोबाट सुरु गरि अहिले उदाहरिणय पालिका वनाउन सफल भएको बताउँदै वाकी रहेका अधुरा कामहरुलाई पुरा गर्न यस पटक पुन युवराजको नेतृत्वको टिमलाई मतदान गरी जिताउन अपिल गरे ।
अध्यक्षका प्रत्याशी उम्मेदवार युवराज कुँवरले अन्नपूर्णको विकासका लागि खाका कोर्ने कार्य भएको र अव विकासको गतिलाई अगाडी वढाउन कांग्रेस बाहेक अरुको विकल्प नरहेको वताउदै यस पटक पनि नेपाली कांग्रेसलाई जिताउन अनुरोध गरे । विहिवार घान्द्रुक र दाङसिङमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्षका उम्मेदवार खेमकुमारी गुरूङ, वडा अध्यक्ष उम्मेदवारहरु ८ का बिजय गुरूङ, १० का गौतम गुरुङ र ११ का ललित गुरुङले समग्र अन्नपूर्णको विकास  र समृद्धिका लागि आफु र आफ्नो टिमलाई मत दिन आग्रह गर्दै वडाबासीको सेवाकालागि सधै तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected