
पोखरा भ्यूज
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । घरपझोङ कार्यपालिकाको बैठकले आइतबार सेवा दिने निर्णय गरेको हो । बैठकमा भएको निर्णयमा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चोकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु आइतबार देखि बिहिबारसम्म विहान १० बजेदेखी ५ बजेसम्म र शुक्रबार १० बजेदेखी ३ बजेसम्म कार्यालय समय तोकी कार्यालय खुल्ला राख्ने निर्णय गरियो ।’
कार्यापालिकाको बैठकले विपन्न, दलित, अपाङ तथा लक्षित समूहको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।
उता थासाङ गाउँपालिकाले भने विद्यालयलाई आइतबार खोल्ने सहमती गरेको छ । कार्यापालिकाको बैठक नबसेकाले तत्कालै बिदा दिने वा नदिने भन्न नसकिने गाउँपालिका अध्यक्ष प्रदिप गौचनले बताए । ‘चिसो ठाउँ हो । हामी सपथ ग्रहण समेत गर्न सकिरहेका छैनौँ । सपथ ग्रहण लगत्तै कार्यापालिकाको बैठक बसेर हामी निणर्य गर्नेछौँ ’ उनले भने । गौचनले बैठकमा आइतबार खुल्ला गर्ने प्रस्ताबलाई नै अघि बढाउने बताए । ‘विद्यालय आइतबार खुल्ला गर्ने निर्णय विद्यालय पदाधिकारीसंग बसेर सहमति भएको छ ।’
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले विद्यालय आइतबार पनि खुल्ला गर्ने निर्णय गरेपनि सरकारी कार्यालयको बारेमा भने निर्णय नभएको जानकारी दिए । उनले विद्यालयको सवालमा हिउँदे विदामा मिलाउने गरी आइतबार समेत पढाइ हुने बताए ।‘हामीले विद्यालय बाहेक अन्यको हकमा त्यसतो केहि निर्णय गरेका छैनौ । हिउँदमा अधिक चिसो हुनेहुँदा विद्यालयमा अहिले आइतबारपनि पढाइ गर्ने भएको हो कर्मचारीको हकमा भएको छैन् हामी बैठक बसेर यसबारेमा छलफल गर्नेछौँ, आन्तरिक छलफल मात्रै भएको छ ।’
लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेलले पालिकाले आवस्यक परेमा शनिबार समेत काम गर्ने बताए । आइतबार दिने वा नदिने विषयमा भने कार्यापालिकाको बैठक बसेर निर्णय गर्ने बताए ।







सम्बन्धित खवर
















