178Shares

पोखरा भ्यूज

पोखरा । स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई निशुल्क तालिम प्रदान गरिएको छ । तालिम मार्फ़त सिपमूलक तालिम रोजगारी/स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले शुक्रवारदेख़ि तालिम संचालन गरिएको हो । 

शुक्रवार प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन कार्यलय कास्की जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य समन्वयमा तत्काल बजारको माग अनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुवात गरेको हो

एसओएस व्यवसायिक तालिम केन्द्र छोरेपाटन पोखराको तालिम कक्षमा म्यादी प्रहरीको लागि संचालन गरिएको तालिममा हाललाइ जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर किचन सहयोगी (कुक) तालिम सञ्चालन गरिएको भने वाँकी तालिमहरू आगामी दिनमा क्रमश: सञ्चालन गरिदै जाने प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले बताए । उनका अनुसार तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्यदिन) को पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गरिएको हो

कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सिटिईभीटी, गण्डकी प्रदेश कार्यालयबाट स्थानीयतहको चुनाव सम्पन्न पश्चात कास्की जिल्लाबाट विदाई भई घर जान लागेका हजार  सय म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाईएको थियो करिव सय ७५ जनाले प्रश्नावली भरी सिटिईभीटी, गण्डकी प्रदेश कार्यालयमा पठाईएको प्रश्नावलीहरूबाट प्राप्त तथ्थांकहरूका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताए

म्यादी प्रहरीलाइ सीपमूलक तालिम मार्फ़त उत्पादनशिल क्षेत्रमा जोड़नका लागि नेपाल सरकारको आगामी आव २०७९/८० को बजेट बक्तव्यमा सम्बोधन भएकोमा आचार्यले सरकार प्रति आभार समेत व्यक्त गरेका थिए

तालिमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले युवा जनशक्तिमा उद्यमशिलताको विकास गराई सीपमूलक तालिम मार्फत रोजगारी/स्वरोजगारीमा जोड्ने कार्यमा सहयोग गर्नु हामी सवैको दायित्व रहेको कुरा बताए

म्यादी प्रहरी बनेर राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता स्वरोजगारकेन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख भएको जानकारी गराउदै आचार्यले उनीहरूको रुचिको विषयमा तालिम प्रदानगरी कृषि, वनजन्य अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने तथा म्यादी प्रहरीलाई सञ्चित सुरक्षाबलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने निति राज्यले लिएको बताए

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले दक्ष जनशक्ति उत्पादन गर्नका लागि शिपमूलक तालिम प्रदान गरेकोमा आयोजकप्रति आभार प्रकट गरेका थिए उनले स्थानीय चुनाव सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंशा गर्दै कुनै एक सीप सिकेर उत्पादनमा जोडिने कार्यकालागि सफलता मिलोस् भनि शुभकामना दिएका थिए

कार्यक्रममा लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उधोग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्यले बजारको माग अनुरूपको दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा सिटीईभीटीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गरेका थिए

प्राविधिक शिक्षालय पोखराका प्रमुख हर्कलाल श्रेष्ठले कार्यक्रम बारे विस्तृत जानकारी गराउदै बेरोजगार युवालाई आवश्यक शिप दिएर योग्य नागरिक बनाई उत्पादनमूलक रोजगारी सृजना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्न प्राविधिक शिक्षालय लागि परेको बताए एसओएस व्यवसायिकतालिम केन्द्रका शिव लामिछानेले संचालन गरेको कार्यक्रममा सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल सरकारबाट आर्थिक बर्ष २०७९/८० को बजेटमा योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्न सक्ने बनाउन संघ, प्रदेश स्थानीय तहको सहकार्यमा सीपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सीपसमेत उल्लेख हुने गरी तथ्यांक अद्यावधिक गरिने, कृषि तथा वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भको रूपमा विकास गरिने योजना बजेटमा ल्याइएको

178Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected