२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ‘जिवन’ले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब नजिकको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । मन्त्री बरालले कुल बजेटको चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख विनियोजन गरेका हुन् ।
चालु आर्थिक वर्षका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अबि ५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेका थिए । वैशाख मसान्त सम्म ११ अर्व ४८ करोड ६ लाख ४४ हजार रुपैयाँ अर्थात विनियोजनको ३८ दशमलब २ प्रतिशत खर्च भएको छ । अर्थ मन्त्री बरालले चालु आर्थिक वर्षमा वैशाख मसान्तसम्मको खर्च स्थिति हेर्दा आर्थिक वर्षको अन्त्यसम्म विनियोजनको ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छ ।
अर्थ मन्त्री बरालले वित्तिय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेका हुन् । यसमा स्थानीय सरकार तहलाई २ अर्ब ११ करोड १० लाख छुट्याइएको छ । सरकारले आन्तरिक राजस्व बाट ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ । संघ सरकारले वित्तिय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख अनुदान, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, ससर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरेको अर्थ मन्त्री बरालले बताए ।
रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको मन्त्री बरालले जानकारी दिए । आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब केन्द्र सरकारबाट ऋण लिने मन्त्री बरालले बताए । चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिइने उनले जानकारी दिए । जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ल्याएको बहुमतले पारित भइसकेको छ । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट आन्तिरिक स्रोत साथै आन्तरिक ऋण बढाएर सरकारले बजेटको आकार बढाएको हो ।
सरकारले सवारी साधन कर मार्फत आउने ७२ करोड प्रदेशका स्थानीय विनियोजन गरेको छ । सरकारले कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । मकैको बिउ उत्पादनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको अर्थ मन्त्री बरालले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…