8Shares

पोखरा भ्यूज

काठमाडौं, ९ साउन । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहिलो क्याबिनेट मिटिङ तथा क्याबिनेट अफिसर पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार प्रज्ञा भवन कमलादीमा सम्पन्न कार्यक्रम लायन्सका इन्टरनेशनल डाइरेक्टर डा. भि.के. लाडियाको प्रमुख आतिथ्यतामा, पास्ट अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानको विशेष आतिथ्यतामा तथा डिष्ट्रिक्ट गभर्नर राम बसेलको सभापतित्वमा भएको थियो ।
उक्त अवसरमा क्याबिनेटका सम्पूर्ण पदाधिकारीको पदस्थापन गरिएको क्याबिनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए ।
डिष्ट्रिक्टका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल एलसिआइएफ एरिया लिडरमा मनोनित भएकोमा सम्मान गरिएको छ । लायन्स सदस्य मेन्सी खड्काले मिस नेपाल इन्टरनेशनलको उपाधि जितेका उनलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पास्ट इन्टरनेशनल डाइरेक्ट सञ्जय खेतान, आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटी, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसिआइएफ एरिया लिडर राजन लम्साल, मल्टिपल काउन्सिल चियरपर्सन केशव पाण्डे, फस्ट भिडिजी चन्द्रकुमार केसी, सेकेण्ड भिडिजी विनोद ढुंगाना लगायतले बोलेका थिए ।


उत्कृष्ट कार्य गर्ने डिष्ट्रिक्टका विभिन्न पदाधिकारी, क्लब अध्यक्ष तथा पदाधिकारीलाई सम्मानसमेत गरिएको बताइएको छ । कार्यक्रममा झण्डै हजार जना लायन्स सदस्यहरुको उपस्थिति रहेको क्याबिनेट सेक्रेटरी पन्तले जानकारी दिए ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected