
2Shares
पोखरा भ्यूज
पोखरा, ११ साउन । सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं. २१ को द्वार र ३३ को ठुलढुङ्गा परिसरमा गाँजा फडानी गरेको छ । प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको उक्त दुई स्थानबाट ८ टन गाँजा फडानी गरिएको हो ।
सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की, वडा कार्यालय ३३, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी प्रदेश कार्यलय लागु औषध नियन्त्रण संस्था, स्थानिय, टोलसुधार समिति, आमा समुह, युवा क्लव, स्थानिय संघसंस्था र प्रहरी कर्मचारी तगाएतको सहभागितामा करिब ८ टन गाँजा फडानी गरिएको हो ।
2Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















