145Shares

पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन अन्तर्गत जोन का क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ । समारोहमा मिर्गौला पिडित अर्जुन गायकलाई नगद रकम प्रदान गरिएको थियो 

मिर्गौला पिडित अर्जुन गायकको उपचारमा सहयोग पुगोस भनि लायन्स क्लब अफ पोखरा डल्फ़िनका लायन्स सदस्य सहित अन्य ब्यक्तिले नगद रकम उपलब्ध गराएका थिए लायन्स क्लब अफ पोखरा डल्फ़िनका तर्फबाट नगद २५ हजार, कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यबाट हजार रूपैया सहित अन्य व्यक्तिबाट संकलन भएको करिव हजार गरी ३५ हजार रूपैया हस्तान्तरण गरिएको सो रक़म डिष्ट्रिक्ट गभर्नर राम बसेलले अर्जुन गाएककी श्रीमती माया गायकलाई प्रदान गरेका थिए 

श्रावण ३० गते शनिवार जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा डल्फ़िन, न्यू भिजन, पेन्गुईन र गृहलक्ष्मीको संयुक्त पदस्थापन सम्पन्न भएको हो पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्टिक्ट गर्भनर राम बसेलले वटै क्लबका पदाधिकारीलाई पदस्थापन गराएका हुन त्यसै गरी डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले क्लबमा सदस्यलाई लायन सिद्धान्त र मान्यताबारे जानकारी सहित सपथ गराएका थिए

सो अवसरमा गभर्नर बसेलले लायन्स क्लब अफ पोखरा डल्फ़िन पेन्गुईनको स्पोन्सरमा गठन भएको लियो क्लब पोखरा डल्फ़िन पेन्गुईनको उद्घाटन गरेका थिए पोखरा डल्फ़िनमा निखिल ढकाल पेन्गुईनमा दीपा भण्डारी अध्यक्ष रहेका छन

कार्यक्रममा लायन बर्ष सन् २०२१/२२ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा डल्फ़िनका पदमलाल श्रेष्ठ, न्यू भिजनका रूपलाल सुनार, पेन्गुईन ज्ञानबहादुर रानाले आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२२/२३ का लागि पदस्थापित अध्यक्षहरू लायन्स क्लब अफ पोखरा डल्फ़िनका शान्ता बहादुर लामिछाने, न्यू भिजनका चन्द्रप्रसाद पाण्डे पेन्गुईन दीपक भण्डारी नव गठित क्लब पोखरा गृहलक्ष्मीका अध्यक्ष रेणुका गिरीले भावी कार्यक्रम प्रस्तुत गरेका थिए

समारोहमा दीक्षा भण्डारी, प्रीति गुरूङ सोनिया गुरूङले स्वागत नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रममा नेपाल लायन्स फाउण्डेशन, एलसीआईएफ डिष्ट्रिक्टको नयाँ भवन निर्माणका लागि क्लबहरूबाट रकम प्रदान गरिएको सो अवसरमा प्रमुख अतिथि मन्त्री आचार्यले लायन्सको नयाँ भवन निर्माणका लागि ५० हजार रूपैया उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरेका छन

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री आचार्यले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्न गरिएका कार्यलाई संस्थागत गर्न प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह गरेका छन

मन्त्री आचार्यले लायन्सको अभियानमा सँगसगै रहेको बताउदै लायन्सले समाजमा मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरण महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए   प्रदेशलाई समृद्ध प्रदेश बनाउन टिमवर्कबाट मात्र सम्भव  त्यो लायनवादमा मात्र सम्भव , राजनीति गर्ने पाटीले लायन्सबाट सिक्नु पर्ने आचार्यले बताए

पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्टिक्ट गर्भनर बसेलले लायन्सले बिगत बर्षका गरिने कार्यहरू भन्दा भिन्न तरिकाले यस कार्यसम्पादन गर्दै आएको स्मरण गराउदै कार्यकाल सुरु भएको २९ दिनमा धेरैकाम गरिएको जानकारी गराए

लायन्स क्लब अफ पोखरा डल्फ़िनका बर्ष २०२१/२२का अध्यक्ष पदमलाल श्रेष्ठ २०२२/२३ का अध्यक्ष शान्ताबहादुर लामिछानेको अध्यक्षतामा दुई चरणमा सम्पन्न कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमारकेसी, डल्फ़िनका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ब्लड डोनेशन कोअर्डिनेटर ऋषि गिरी, डिष्ट्रिक्ट पिआरओ तिलकतिवारी, डल्फ़िनका बर्ष २०२१/२२का सचिव बिष्णुबहादुर खत्री, पेन्गुईनका बर्ष २०२२/२३ का सचिव सुवास अम्गाई लगायतले आफ्नो भनाई राखेका थिए 

145Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected