169Shares

पोखरा भ्यूज

पोखरा, २० साउन-आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुदैँछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताका लागि मुल आयोजक समिति समेत गठन भई काम समेत अघि बढेको छ ।
मुल आयोजक सहित राखेपले विभिन्न उपसमिति बनाइ रहँदा गण्डकी प्रदेलाई कुनै जिम्मा नै दिइएको छैन् । ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लाग्दा समेत गण्डकी प्रदेशमा उत्साह नदेखिनु आश्चर्यको विषय हो । गण्डकी प्रदेशले प्रतियोगितालाई चासो नदिइरहेको भन्दै खेलाडीहरुले खुलेर भन्न नसकेपनि भित्रभित्रै गुनासो पोखिरहेका छन् । गण्डकीमा युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्रदेश खेलकुद परिषद् छ । तर, उनीहरु आयोजना हुने स्थलका रुपमा पाउनु पर्ने जिम्मेवारी भने पाइरहेका छैनन् । राखेपले गण्डकी प्रदेशलाई वेवास्ता गरेको भान परिरहेको समयमा लोकतान्त्रिक खेलकुद संघले आवाज उठाएको छ । महासंघले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका गण्डकी प्रदेशले नै अपनत्व गर्न नपाउनु दुःखद् रहेको शुक्रबार आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले गुनासो पोखे । पोखरामा प्रतियोगिता आयोजना सम्बन्धि असन्तुष्टि जनाउँदै संघले पत्रकार सम्मेलन गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गतिविधि बारे संघको चासो रहेको र प्रदेशलाई वेवास्ता गर्दै गएका कारण खबरदारी गरेको उनले सुनाए । ‘यो प्रतियोगिता प्रतियोगिताका लागि मात्रै गर्न लागिएको छ । समय पनि अनुकुल भएन’ देवेन्द्रले भने,‘गण्डकीमा हुने प्रतियोगितामा गण्डकीलाई नै जिम्मा दिइएको छैन् । सबै काठमाडौंले गर्ने भए प्रतियोगता यहाँ किन गर्नु ? १४ उपसमिति हुदाँ समेत कहि कतै गण्डकी समेटिएन् ।’ उनले समारोह गर्ने प्रदेशमा नै प्रदेका व्यक्ति नहुनु शंकास्पद र अमर्यादित रहेको उनको भनाइ छ ।
उनले यो प्रतियोगितामा ठूलो आर्थिक चलखेल हुन लागेको आरोप समेत लगाए । प्रतियोगिता हतारमा गर्दा आर्थिक पारदर्शिता नहुने बताए । उनले २ हजार रुपैयाँ पर्ने किटलाई समेत ६ हजार रुपैयाँका दरले राखेर सामान किन्ने गरेको आरोप लगाए । ‘हामीले देखेकै हौँ, हिजोका दिनमा पनि दुई हजार रुपैयाँ पर्ने किट ६ हजारका दरले लगाएको । आज पनि त्यहि हुदैँछ’ उनले भने । यस्तै लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले नवौं प्रतियोगिताको समिति गठनमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । उनले समितिमा बस्नकै लागि विभिन्न व्यक्तिले मोटो रकम समेत दिएको अरोप लगाए । ‘हामीले सुनेका छौँ यो प्रतियोगिताको समितिमा बस्नका लागि ठूलो रकम दिइएको छ । त्यसकारण यो प्रतियोगितामा गण्डकी प्रदेश समेटिएको छैन्’ उनले भने । संघले प्रतियोगिताको मिति परिमार्जन, सबै जिल्लामा खेलहुनुपर्ने लगायत ८ बुदे माग राखेको छ । संघले सात वटै प्रदेशको आवश्यक तयारी, प्रशिक्षण, छनौट विना नै प्रतियोगिता गर्न लागेकाले यथेष्ट समयमा कार्यक्रम गर्नका लागि आवश्यक पुर्वाधार तयार गर्नुपर्ने माग समेत राखेको छ ।

169Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected