
पोखरा भ्यूज
पोखरा । पोखरा १६ निवासी अर्जुन गायकको दुवै मृगौला फेल भई हाल उपचाररत छन् । उनको उपचारका लागि आर्थिक अभाव हुन नदिन पोखरा १६ निवासी सामाजिक अभियन्ता शिवराज देवकोटाले अर्थ संकलन अभियान सञ्चालन गरे । अभियन्ता देवकोटले सञ्चालन गरेको उक्त अभियानबाट रु.एक लाख ५४ हजार ४६१ रुपियाँ अर्थ संकलन भएको थियो ।
उक्त अभियानमा मन्त्री खड्काले १२ हजार मन्त्री थापाले १० हजार रुपियाँ सहयोग गरेका थिए । बाँकी रकम विभिन्न क्षेत्रका सामाजिक र राजनिक अगुवा कार्यकर्ताले उपलब्ध गराएका थिए ।
उक्त रकम गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का र कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले संयुक्त रुपमा मृगौलाको उपचारत अर्जुन गायकलाई हस्तान्तरण गरेका छन् ।
अक्सर टोल छिमेकका कोही व्यक्ति आर्थिक अभावका कारण उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भन्ने धारणा अभियन्ता देवकोटाको छ । उनले आफ्नै फेसबुक पेजमार्फत् सहयोगको याचना गर्ने र संकलित रकम स्थानीय जनाप्रतिनिधिहरुको रोहवरमा सञ्बन्धित बिरामीलाई हस्तान्तरण गर्दै आएका छन् । देवकोटा हिमालय क्लब पोखराका सचिव पनि हुन् ।
अहिलेको अवस्थामा यस्तो अभियान सञ्चालन गर्न निकै कठिनाई भएको अभियन्ता देवकोटाको अनुभव छ । तथापि विश्वास जगाउन र आलोचनाबाट जोगिएर काम गर्दा सफला प्राप्त हुँदै आएको उनले बताए । उनले सहयोगका लागि आव्हान गरेका अवस्थामा मनकारी दाताहरुले चन्दा दिएर देवकोटाको अभियानलाई सफल बनाउँदै आएका छन् ।







सम्बन्धित खवर
















