महेन्द्र आधारभूत बिधालयको हिरक महोत्सव मंसिरमा

टंकराज अधिकारी
पोखरा । श्री महेन्द्र आधारभूत बिधालय अन्नपूर्ण–१, नागडाँडा कास्कीले हिरक महोत्सवको तयारी सुरु गरेको छ । २०१६ सालमा स्थापना भएको विद्यालयले ६३औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम सहित हिरक जयन्ती/महोत्सव समारोह-२०७९ मनाउने भएको हो ।
तत्कालीन राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमणको सिलसिलमा नागडाडाँ आउने क्रममा स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी र जनताको पहलमा राजा महेन्द्रलाई स्वागत सत्कार कार्यक्रम आयोजना गरिएको थियो । सोहि क्रममा २०१६ साल मंसिर २८ गतेका दिन श्री ५ बाट विद्यालयको शिलान्यास गरी औपचारिक रूपमा श्री महेन्द्र मिडिल स्कुलको स्थापना भएको थियो ।
२०७९ साल मंसिर २२ देखि २८ गतेसम्म मनाइने हिरक महोत्सव कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्न तन, मन र धनले सहयोगको लागि आग्रह गरिएको बिधालय ब्यावस्थापन समितिका अध्यक्ष एवं हिरक महोत्सव मूल आयोजक समितिका संयोजक नरपती दाहालले बताए ।
विद्यालयको शैक्षिक सुधार सहित भव्य र सव्य रूपमा हिरक महोत्सव मनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरपति दाहालको संयोजकत्वमा १०१ हिरक महोत्सव मूल आयोजक समिति, लोकराज भण्डारीको संयोजकत्वमा १५ सदस्यीय अर्थ संकलन मुल समिति र २० बर्ष लगातार बिधालय ब्यावस्थापन समितिको अध्यक्ष रही सेवा पुर्रयाएका पूर्व अध्यक्ष लिलाधर अधिकारीको संयोजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
समितिले हिरक महोत्सवको प्रसार प्रचारका लागि स्थानीय लेवलका साथै काठमांडौ, पोखरामा रहेका बिधालयका पूर्व बिधार्थी, विभिन्न क्षेत्रका बुद्धिजीवी, शुभचिन्तकहरूसँग अन्तरक्रिया र छलफल कार्यक्रम गरिरहेको छ ।
महोत्सवमा विद्यालयस्तरीय सास्कृतिक कार्यक्रम, खेलकुद, जनचेतना जगाउने क्रियाकलाप, स्वास्थ सरसफाई लगायतका विभिन्न मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम साथै विविध कार्यक्रमका साथ हिरक महोत्सव मनाईन लागेको महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक एवं हिरक महोत्सवका सदस्य सचिव ढकराज सुवेदीले बताए । विद्यालयको व्यापक शैक्षिक सुधार गरी अन्नपूर्ण गाँउपालिको उत्कृठ आधाभूत विद्यालय बनाई २०१६ सालदेखि हालसम्म योगदान दिने व्यत्तिहरूलाई सम्मान, अभिलेखिकरण र विभिन्न क्रियापलाप सहित भव्य र सव्य रूपमा हिरक महोत्सव मनाउने तयारीमा जुटिरहेको सुवेदीले बताए ।
हाल विद्यालयमा सरकारी दरबन्दी ४, बालकक्षा शिक्षक १, का.स. वालकक्षा शिक्षक १, निजि शिक्षक १, निजिरूपमा १ जना कार्यालय सहयोगी सहित ८ जना कार्यरत छन भने बाल कक्षा देखि ५ कक्षासम्म १२७ जना बालबालिका अध्ययनरत छन ।
हिरक महोत्सवको अवसरमा गरिने अतिरिक्त क्रियाकलापहरूः
२०७९ मंसिर २२ गते देखि २८ गतेसम्म हुने हिरक महोत्सवमा अन्तर मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता, अन्तर नि.मा.वि. स्तरिय निवन्ध प्रतियोगिता, अन्तर प्रा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, वालविकास शैक्षिक सामग्री प्रदर्शन, स्वास्थ शिविर, रत्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, अभिभावक शिक्षा, पुनर्मिलन कार्यक्रम, भजन प्रतियोगिता, दौड प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, पढाइ प्रयोगिता (नेपाली रअंग्रेजी), प्रभातफेरी, हिसाव दौड, आमा समूहहरूबीच रत्यौलि गीत प्रतियोगिताका साथै लोक कलाकारहरूको वेजोड प्रस्तुति रहने जनाईएको छ ।
आर्थिक सहयोग गर्नेको सम्मान के छ ? विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी संख्या अझ वृद्धि गर्न विभिन्न भौतिक शैक्षिक गुणस्तरकायम गरी अत्याधुनिक गुणस्तरीय शिक्षा प्रदानका लागि उत्कृष्ठ नमूना विद्यालय स्थापना गर्ने उद्देश्य अनुरूप महोत्सवलाई विद्यालयको आर्थिक श्रोत वृद्धि महोत्सवको रुपमा विद्यालयले मनाउन लागेको छ । विद्यालयलाई सहयोग गर्ने सहयोग दातालाई सम्मान गर्ने विद्यालयले जनाएको छ । जस अन्तरगत रू ५०० देख़ि १० लाख भन्दा वढि सहयोग गर्ने सहयोग दातालाई विभिन्न शीर्षकबाट सम्मान गरिने जनाईएको छ । १० लाख भन्दा वढि सहयोग गर्ने सहयोग दातालाई बिधालयको प्रमुख संरक्षक घोषणा गरिने छ भने भूमिदान गर्नेलाई तत्काल मूल्याङकन गरी उचित सम्मान गरिने महोत्सवका अर्थ संकलन समितिका संयोजक लोकराज भण्डारीले बताए ।
निर्माण कार्यहरू: हिरक स्तम्भ निर्माण, विद्यालय मर्मत एवम् रंग रोगन, छतको संरक्षण सहित सभाहल निर्माणका साथै आवश्यक फर्निचरको व्यवस्था, विद्यालय परिसरमा कार्यक्रम गर्न स्टेज निर्माण
हिरक महोत्सवका मुख्य उद्देश्यहरू: बिधालयका संस्थापक, भुपू बिधालय ब्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, भूपू प्रअ एवं शिक्षकहरू, जग्गादाताहरू, चन्दादाताहरू एवं भूपू बिधार्थीहरूलाई सम्मान गर्ने ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी संख्या अझ वृद्धि गर्न विभिन्न भौतिक शैक्षिक गुणस्तर कायम गरी अत्याधुनिक गुणस्तरीय शिक्षा प्रदानका लागि उत्कृष्ठ नमूना विद्यालय निर्माण गर्ने ।
विभिन्न अतिरिक्त क्रियाकलापहरू तथा मनोरनात्मक कार्यक्रमहरू सञ्चालक गरी विद्यार्थीहरूका अन्तरनिहित प्रतिभाहरू प्रस्फुटन गराउने र तिनलाई प्रोत्साहन दिने साथै भूपू विद्यार्थीहरूमा पुनर्मिलन गराई आत्मीयता वृद्धि गराउने ।
आई. टि.सी.को माध्यमबाट अध्ययन अध्यापन क्रियाकलापलाई आवश्यकत्ता अनुसार अझ प्रभावकारी ढंगले अघि बढाई विद्यालयलाई आई. टि.सी. मय बनाउने लक्ष्य लिएको छ ।























