10Shares

काठमांडौं भारतीय राजदूतावास, काठमाडौंले सोमवार भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको । भारतले स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको जनाएको

दूतावासले गतबर्षआजादीका अमृत महोत्सवको रूपमा स्वतन्त्रता दिवस मनाएको थियो जुन प्रगतिशील भारतको ७५ वर्ष मानव प्रयासको सबै क्षेत्रहरुमा भारतीयहरुद्वारा प्राप्त उपलब्धिहरुलाई सम्झने भारत सरकारको एक पहलकदमी थियो,’ भारतीय राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको  

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ गरेका थिए कार्यक्रममा श्रीवास्तवले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती निकटतम नातेदारहरुलाई .६५ करोड रूपैया प्रदान गरी सम्मान गरेको थियो

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको थियो । देश बाहिर रहेका भारतीय युवा विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरी जवाफको आयोजना गरेको थियो

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए

भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected