
पोखरा । सिद्ध पब्लिक कलेज पोखरा-१५, नयाँगाउँको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष मिन बहादुर गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनले भागवत भाष्कर युवा पण्डित श्री कमल नयन गौतमको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रमुख संरक्षक भक्त बहादुर खत्री, कोषाध्यक्षमा प्रमुख संरक्षक शिव बहादुर वानियाँ, वरिष्ट सदस्यमा संरक्षक मिन बहादुर गिरी सहित सदस्यहरुमा संरक्षक तथा पोखरा म.न.पालिका का वडा अध्यक्ष तोरण बहादुर वानियां, सिनेटर सदस्य प्रकाश पौडेल गरि ६ सदस्यिय सञ्चालक समिति गठन भएको छ ।
उक्त अधिवेशनमा प्रमुख अतिथि वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर वानियाँले स्थानिय सरकारले कलेजलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै अधिवेशनको सफल्ताको शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष युवा पंडित कमल नयन गौतमले पोखरा १५ को एक मात्र सामुदायिक कलेज सिद्ध पब्लिक कलेजलाई नयाँ ढंगले सञ्चालन गरेर समुदायको उत्कृष्ट कलेज बनाउनु पर्ने कुरामा दिएका थिए । पब्लिक क्याम्स संघ गण्डकी प्रदेशका उप संयोजक तथा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतमले कलेजको विकासमा सम्पुर्ण सिनेटर सदस्यहरु र शिक्षा प्रेमिहरुले सहयोग गर्नुपर्ने कुरामा जोड दिए । प्रमुख संरक्षक तथा भवन निर्माण समितिका संयोजक शिव बहादुर वानियाँले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख भिम राज पुनले क्याम्पसको यस वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्पूर्ण अतिथिहरुलाई स्वागत सञ्चालक समितिका उपाध्यक्ष तथा प्रमुख संरक्षक भक्त बहादुर खत्रीले गरेका थिए भने प्राध्यापकहरुको तर्फवाट पबित्रमणी भण्डारी र सिद्ध मा. वि.का प्र. अ. गुरुदत्त कोइरालाले पनि बोलेका थिए ।







सम्बन्धित खवर
















