
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेसका नेता गिरिराज गौतमले कास्की क्षेत्र नं १ क प्रदेश सभा सदस्यको लागि दावेदारी प्रस्तुत गरेका छन् । पार्टीको उम्मेदवारी छनोट भेलामा उनले आफु उम्मेदवार वन्न योग्य रहेको दावी प्रस्तुत गरेका हुन् ।
स्थानीय तथा केन्द्रीयस्तरमा समेत निष्ठा र इमान्दार नेताको छवि बनाएका गौतम विगत चारदशकदेखि निरन्तर काँग्रेस राजनीतिमा क्रियाशील छन् । राजनीतिक मूलधारलाई केन्द्रमा राखेर विभिन्न सामाजिक संस्थासंस्थाका माध्यमबाट पनि सामाजिक क्षेत्रको उत्थान र विकासमा गौतमको योगदान प्रशंसनीय छ । काँग्रेसी कार्यकर्ताको सुख दुःखमा सधैं साथ रहने गौतम कास्कीका लोकप्रिय, भद्र, शालिन र सरल नेताका रुपमा सुपरिचित छन् ।
मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा सो क्षेत्रबाट प्रदेश (क) मा प्रत्यक्षका लागि गौतम सहित मुराहरि कोइराला, देवेन्द्र भाट, राजेन्द्रमणि लामिछाने, पुष्पमणि भण्डारी, कल्याणबाबु भण्डारी, दुर्गा लामिछाने, बुद्धिमान गुरुङ लगाएतले उम्मेदवार बन्न निवेदन दिएका छन् ।








सम्बन्धित खवर
















