44Shares

पोखरा भ्यूज

पोखरा, १८ भाद्र । डिष्टिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट लायन्स लिडरशिप ईन्सिच्यूट (डिएलएलआई) शुक्रवारदेखि सुरु भएको छ । अन्नपूर्ण–१, सिम्पाली स्थित हिमालयन देउराली रिर्सोट, नागडाडाँ कास्कीमा सञ्चालन गरिएको ईन्सिच्यूटमा पहिलो चरणमा क्लब अध्यक्ष मात्र सहभागिता रहेको डिएलएलआईका संयोजक युवराज खनालले जानकारी दिए ।
एलसिआईएफ एरिया लिडर एवं मल्टिपल डिष्टिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्टिक्ट ३२५ आई नेपालका ७६ वटा क्लब अध्यक्षले मात्र सहभागिता जनाएका छन् ।


आइतवारसम्म सञ्चालन हुने ईन्सिच्यूटमा युवा अभियान्ता एंब जीवन रुपान्तरणका लागि अन्तररास्ट्रिय प्रशिक्षक नरबहादुर कार्की र राजाबाबु शाह मुख्य प्रशिक्षकको भुमिकामा रहेका छन् । सो ईन्सिच्यूटमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिजी टिम सहित पूर्व गभर्नरहरू निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, पूर्व डिष्टिक्ट गभर्नर इन्दु लम्साल लगाएतको उपस्थिति रहेको छ ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर एवं डिएलएलआईका चिफ चन्द्रकुमार केसीका जनाए अनुसार प्रमुख अतिथि समेत रहेका लम्सालले फण्डामेन्टल अफ लाईनिज्मका विषयमा प्रशिक्षण दिएका थिए भने प्रशिक्षक राजाबाबु शाहले “रिपोग्राम योर माईण्ड” विषयमा साढे तिन घण्टाको प्रशिक्षण दिएका थिए भने दोस्रो दिन शनिवार प्रशिक्षक नरबहादुर कार्की, डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेल लगाएतले प्रशिक्षण दिनेछन् ।


डिष्टिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा डिएलएलआईका चिफ चन्द्रकुमार केसीले ३ दिने तालिम अवधिभर प्रशिक्षार्थीहरुले पालन गर्नु पर्ने कोड अफ कन्डक्टका बारेमा जानकारी गराएका थिए भने डिष्ट्रिक्ट ३२५ आई नेपालका द्धित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर एवं डिएलएलआईका को–चिफ दिनोद ढंगानाले उपथ्ति सम्पूर्णलाई स्वागत सहित कार्यक्रमको उदेश्यमा प्रकाश पारेका थिए । उद्घाटन सत्रको कार्यक्रम डिएलएलआईका संयोजक युवराज खनालले सञ्चालन गरेका थिए ।
गर्भनर बसेलका अनुसार नेतृत्व र ब्यक्तित्व विकासका लागि सञ्चालन हुन गईरहेको तिन दिने तालिम फलदायी हुने अपेक्षा लिएका छौं, विभिन्न नाममा हालसम्म भएका तालिम मध्ये यो तालिम उत्कृष्ट हुने दावी रहेको छ ।

44Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected