33Shares

पोखरा भ्यूज

पोखरा, १९ भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल विच कडा प्रतिस्पर्धा हुने भएको निर्वाचन कार्य तालिका बमोजिम शनिवार दुबै प्यानलले आ-आफ्नो उम्मेदवारी दर्ता गरेका छन्

नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा उत्रिनेमा वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका पवन प्रजापति वाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल रहेका छन्। संघ ३४ औं महाधिवेसनका लागि दुवै प्यानलले सबै पदमाआफ्ना उम्मेद्वार तयार गरेका हुन्

प्रजापति नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा सुदिप प्रधानांग प्रत्यासी छन्

पोखरेल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमाकुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) ले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसादकोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गारन्जित श्रेष्ठ हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गराए

यसैगरी यसअघिको कार्यसमितिमा रहेका सोवित पौडेलले वाणिज्य उपाध्यक्ष तारा ढुङगानाले महासचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन ।

भदौ २४ २५ गते हुने निर्वाचनमा संघमा आवद्ध करिव हजार २०० मतदाताले मतदान गर्ने छन संघको नेतृत्व आगामी दुई वर्षे कार्यकालका लागि चयन हुनेछ। 

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected