
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते हुदैछ । संघको कार्यतालिका अनुसार शनिबार उम्मेदवारी मनोनयन दर्ता भएसंगै पोखराका उद्योगी व्यवसायीलाई चुनावी माहोलले तताएको छ । उम्मेदवारहरुले मतदातासँग भेटघाट र फोन सम्पर्कमार्फत चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
यसैक्रममा, यस अघिको ३३ औं महाधिवेशनमा वाणिज्य उपाध्यक्ष पदमा थोरै मतले उपबिजेता भएका सोवित पौडेल आसन्न महाधिवेशनमा पनि सोही पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एक कार्यकाल कार्यसमिति र त्यस अगाडि पनि संघका विभिन्न समिति उपसमितिमा रहेर काम गरेका पौडेलले एक पटक चुनाव हार्दैमा संघबाट टाढा हुनुहुँदैन भन्ने मान्यतासहित पुनः उम्मेदवारी दिएको बताउछन ।‘संघमा निरन्तर सक्रिय भएर काम गर्ने मेरो तिब्र इच्छा र चाहना छ,’ उनले भने, ‘संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यवसायीबाट मैले पूर्ण साथ, सहयोग, समर्थन र माया पाउनेमा म विश्वस्त छु ।’

उनि डाँफे होटल ट्रेनिङ सेन्टर, विन्ध्यबासिनी पार्टी प्यालेस, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, सोजी हाउजिङ एण्ड अपार्टमेन्ट कम्पनी लगायतका व्यवसायमा आबद्ध पौडेल लायन्स, जेसिज लगायतका सामाजिक संघसंस्थामा पनि उत्तिकै सक्रिय छन् । सरल र मृदुभाषी व्यक्तित्वका रुपमा चिनिने उनि जे काममा हात हाल्छन, त्यो काम नसकि विश्राम नलिने उनको स्वभाव रहेको निकटका साथी बताउछन ।

सबै एकतावद्ध भएर लाग्न सकेमात्र उद्योगी व्यवसायीका समस्या सुल्झाउन सकिने उनको विश्वास छ । ‘उद्योगी व्यवसायीका समस्या बग्रेल्ती छन् । ति समस्या एउटा व्यक्तिले चाहेर समाधान हुनसक्दैन’, उनि भन्छन्, ‘यसका लागि सामूहिक प्रयास र प्रतिवद्धताको खाँचो छ ।’
पोखराको विकास निर्माणका सवालमा पनि संघले विगतमा जस्तै दरिलो उपस्थिति जनाउन आवश्यक रहेको भन्दै पौडेलले यसका लागि आफू सक्रिय भएर लाग्ने स्पष्ट पारे । पोउवासंघलाई विगतमा जस्तै पोखराको प्रत्येक सवालमा प्रभावशाली संस्था बनाउने उनले सुन्दर सपना खेलेका छन् ।







सम्बन्धित खवर
















