२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

काँग्रेस गण्डकी प्रदेशले ३० लाखको अक्षयकोष स्थापना गर्ने

भाद्र १९, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको वैठक सम्पन्न भएको छ । प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा आइतवार सम्पन्न गरेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले आसन्न निर्वाचनमा गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई सबै तहमा जिताउनको लागि के कसरी अगाडि बढाउने भन्ने बिषयमा गम्भीर छलफल भएको प्रदेश प्रवक्ता माधब प्रसाद बास्तोला “मधु”ले जानकारी दिएका छन् ।

बास्तोलाका अनुसार नेपाली कांग्रेसमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने हेतुले ३० लाखको अक्षयकोष स्थापना गर्ने निणर्य गरिएको उनले बताए।

भदौ २४ गते विपी जयन्तिको अवसरमा विपी स्मृती पुस्तकालय र सुचना सञ्चार तथा प्रचार प्रसार बिभागको कक्ष समेत उद्घाटन गर्ने निणर्य गरेको बताइएको छ।

यसैगरि केन्द्रीय कार्यालयको परिपत्र अनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट राय सहित सिफारिस भइ आएका प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक आकांक्षी उम्मेद्वार सबैको नामका विषयमा छलफल गरिएको छ । आकांक्षी सबैको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निणर्य गरेको प्रवक्ता बास्तोलाले जानकारी दिएका छन् ।

उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएको हुँदा नेपाली कांग्रेस गण्डकी प्रदेशले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…