242Shares

पोखरा भ्यूज

पोखरा । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा पोखराका युवा व्यवसायी तारानाथ ढुंगानाले महासचिव पदमा उम्मेद्वारी दिएकाछन् 

संघको निर्वतमान कार्यसमिति सदस्य समेत रहेका ढुङगाना युवा व्यवसायीहरुमा लोकप्रिय मानिन्छन्  संघको ३२ औं अधिवेशनमा अत्याधिक मत सहित सदस्यमा निर्वाचित भएका ढुंगाना संघको ३३औं अधिवेशनमा भने कोषाध्यक्ष पदमा झिनो मत अन्तरले पराजित भएका थिए समग्र व्यवसायीको हित संस्थाको गरिमालाई माथि उठाउने नै मेरो चुनावी ऐजेन्डा रहेको उनले बताए

मदिरा व्यवसायी महासंघको केन्द्रीय महासचिव रहेका ढुंगानाले सञ्चालन गरेका व्यवसायिक प्रतिष्ठानहरुमा तारा सुमन सप्लायर्स, अभिनव ट्रेडर्स, नाइस ट्रेडिङ, नाइस इन्टरप्राइजेज, गुडमर्निङ ट्रेड सेन्टर बाराही मेनेजमेन्ट सोलुशन प्रालि रहेका छन्

व्यवसायमा राजनीतिक गन्धले व्यवसायीको हकहित अधिकार सँस्थागत हुन नसकेको भन्दै आफुले सम्पूर्ण वर्ग, पेशा व्यवसायको प्रतिनिधित्व गर्दै स्वतन्त्र साझा उम्मेदवारको रूपमा महासचिवमा प्रस्तुत गरेको बताए

सम्पूर्ण व्यवसायीको थप माया, सद्भाव मतले आफू महासचिव पदमा सजिलै निर्वाचित हुनेमा उनि बिश्वस्त छन् , यसका लागि उनले  मतदातासंगको आन्तरिक भेटघाट, छलफल सुझाव संकलन तीव्र पारेका छन् 

स्थानिय सामाजिक संघसंस्थामा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी सामाजिक सेवा कार्यमा समेत निरन्तर उत्तिनै संलग्न छन् व्यवसायिक एकता आजको आवश्यकता, अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन”  भन्ने मुल मन्त्र जप्दै उनी चुनावमा होमिएका छन्

242Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected