उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानलमा, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा
- September 4, 2022
- 1305

पोखरा, भदौ १९ । पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ॅव्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्, ॅअर्जुन आफै पनि व्यवसायीलाई दुख पर्दा साथमा रहने मान्छे हो ।’ कोरोनाले व्यवसाय थलिएका बेला पोखरेलले नै पहल गरेर व्यवसायीलाई सामान आयातमा सहजता भएको उनले सम्झिए ।
ॅअर्जुन काम गर्ने मान्छे हो । भिजन भएको मान्छे हो,’ उनले थपे, ॅहिजो कोरोनाले दुख परेका बेला धेरै उद्योगी व्यवसायीको हितका लागि काम गर्नुभयो । आगामी दिनमा यस्तै नेतृत्व चाहिएको छ ।’ उनी जस्तै महेन्द्रपुल, चिप्लेढुंगा, पन्थीगल्ली, न्यूरोड, पृथ्वीचोकका व्यवसायीहरुले अर्जुन प्यानललाई जितको शुभकामना दिए । आइतबार पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पन्थी गल्ली, पालिखेचोक, गैह्रापाटन, गणेशटोल, सिद्धार्थचोक, साँघुमुख, न्यूरोड लगायत ठाउँमा अर्जुन प्यानलले घरदैलो गरेको छ ।
व्यवसायीहरुको गुनासा र समस्या सुन्दै मतदातासँग मत मागेका छन् । सक्षम र युवा नेतृत्वले बढी काम गर्ने मतदाताको विश्वास छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले उद्योगी व्यवसायीका विश्वास र भरोसा गुम्न नदिने बताए । ॅहरेकका सुखदुखमा सँधै सँगै छु । अव पनि सँगै रहन्छु । कसैको विश्वास र भरोसा तोड्दिनँ,’ उनले भने, ॅहाम्रो टीमले जितेपछि पोखरा उद्योग वाणिज्य संघलाई नयाँ स्वरुपमा स्थापित गरिने छ । सबै व्यवसायी र उद्योगीको साझा संस्थाको रुपमा स्थापित गर्ने छौं ।’ अर्जुन प्यानलले पोखराको पूरानो बजारलाई पूरानै स्वरुपमा सजाउने प्रतिबद्धता जनाए ।
ॅपोखरा भनेकै पूरानो बजार हो । यहाँका घरहरु अहिले जीणर् भएका छन्,’ उनीहरुले भने, ॅसरकारसँग मिलेर यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ । त्यसको पैरवी हामी गर्छौं ।’ पोखराका पूराना हस्तकला व्यवसायलाई पुनः स्थापित गर्ने र पूरानो बजारमा विक्रि केन्द्र बनाउने पोखरेलको योजना छ । अर्जुन प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । घोषणा पत्रमा संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्नेदेखि हाल भएको भवन पुनः निर्माणसम्म छ । संघले जनता र सरकारबीचको दुरी घटाउने काम गर्ने, नयाँ लगानी प्रोत्साहनमा ध्यान दिएको छ ।
घोषणा पत्रमा संघले नयाँ उद्यमीहरुलाई सुरुमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्न स्थानीय व्यापार ॅइक्युवेसन सेन्टर’ स्थापना गर्ने प्यानलको घोषणा छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको अध्यक्ष उम्मेद्वार पोखरेल बताउँछन् ।







सम्बन्धित खवर
















