60Shares

नागडाँडा, कास्की । लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन्स लिडरशिप इन्स्टिट्युट सम्पन्न भएको डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२२/२३ को अत्यन्तै महत्वपुर्ण कार्यक्रम डिष्ट्रिक्ट लायन्स लिडरसिप ईन्स्टिच्युटको तिन दिने लिडरसिप तालिम आइतवार सम्पन्न भएको हो

हिमालय देउराली रिसोर्ट नागडाँडा कास्कीमा सम्पन्न लिडरशीप तालिममा डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका ७६ जना क्लब अध्यक्षहरूको सहभागिता रहेको थियो सो कार्यक्रममा मोटिभेसनल ट्रेनरको रुपमा राजाबाबु शाह नर बहादुर कार्की रहेका थिए भने सहजकर्ताको रूपमा एलसिआईएफ एरिया लिडर  राजन लम्साल रहेका थिए

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा आईडि ईन्ड्रोर्सि बालकृष्ण बुर्लाकोटी,  निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, डिष्ट्रिक्टका फस्ट भिडिजी एवं डिएलएलआई चिफ चन्द्रकुमार के.सी., डिष्ट्रिक्टका सेकेण्ड भिडिजी एवं कोचिफ बिनोद ढुंगाना, कार्यक्रम संयोजक युवराज खनाल, फ्याकल्टी मेम्बर सुर्य नारायण बराल लगाएत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो

डिएलएलआई चिफ डिष्ट्रिक्टका फस्ट भिडिजी चन्द्रकुमार के.सी. का अनुसार अन्नपूर्ण, माछापुछ्रे, धवलागिरी निलगिरी गरी चार समूहको नाम दिएर संचालन गरिएको ट्रेनिङमा एउटा समूहमा १९ को सहभागिता रहेको थियो समूह भित्र पाईलट कोपाईलट गरी / जनाको टिम लिड़र बनाईएको थियो

सहभागि मध्येबाट मतको आधारमा पुरुष तर्फ कृष्ण लम्साल (पोखरा अभियान) महिला तर्फ सोनी तामाङ(पोखरा हेरिटेज) डिएलएलआई स्टार हुन सफल भएका थिए

डिएलएलआई चिफ केसी का अनुसार डिएलएलआईमा रहेका ४ वटा टिमहरु बिच विभिन्न बिधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा दुईवटा टिमले बराबर अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेका थिए । बिजेता टिम धौलागिरीको नेतृत्व रश्मि भन्डारिले गरेकी थिईन भने अर्को बिजेता टिम अन्नपूर्णको नेतृत्व नारायण भुजेलले गरेका थिए । टिमको नेतृत्व गर्ने ब्यक्तिलाई पाईलट र सह नेतृत्वकर्तालाई को-पाईलट नामाकरण गरिएको थियो । उक्त दुबै टिमहरुलाई सर्बोत्कृष्ट टिम अवार्डबाट सम्मान गरिएको थियो।

60Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected