13Shares

पोखरा भ्यूज

पोखरा पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हरिराज पन्तले समग्र उद्योगी व्यवसायीको हित संस्थाको गरिमालाई उचो बनाउन आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । संघको ३४औँ महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ ।

नेपाल वितरक महासंघका केन्द्रिय अध्यक्ष रहेका पन्त संघको दुई कार्यकाल कार्यसमिति सदस्य सहित संघका विभिन्न समिति उप-समितिमा रही आफ्नो ज़िम्मेवारी सफलतापूर्वक पूरा गरेका छन्

उनले आर्थिक रुपमा पछि परेकालाई व्यवसायको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न आफूले उम्मेदवारी दिएको बताउदै व्यावसायिक क्षेत्रमा भएका नीतिगत कठिनाईलाई सरकारसँग सहजताको लागि समन्वय गर्दै बजेटमा ल्याइएका व्यावसायिक सहुलियत प्याकेजलाई कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न उम्मेदवारी दिएको बताए 

विश्वको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स क्लब्स अन्तरराष्ट्रिय अन्तर्गतको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी समेत रहेका पन्त आफ्नो कामप्रति असाध्यै प्रतिवद्ध भएर लाग्ने जे काममा हात हाले त्यो काम कार्यकुशलतापूर्वक कार्य सम्पादन गर्ने क्षमता राख्नु हुन्छ, पोखराका एक सफल व्यवसायी एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना बताउछन्,

त्यसो उनले सामाजिक संजाल फेसबुक मार्फ़त नै सार्वजनिक अपिल गरेका छन अपिलमा भनिएको : आदरणीय उधोगी, व्यावसायी मित्रहरु, हार्दिक अपील! पोखरा उधोग वाणिज्य संघको आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा सफल युवा व्यावसायी हरिराज पन्तलाई आफ्नो अमूल्य मतको लागी हार्दिक अपिल गर्दछु। उनी जस्तै विभिन्न क्षेत्रमा आफुलाई अब्बल सावित गरेका व्यक्तिहरूले पनि योग्य, ईमान्दार र क्षमतावान पन्तलाई जिताउन अनुरोध गरेका छन् ।

ढुङगाना भन्छन्, ‘व्यापार व्यवसायको क्षेत्रमा राम्रैसंग भिजेका हक्की आफ्नो कुरा स्पष्ट राख्ने स्वभाव साथै आफ्ना साथीभाई तथा उद्योगी व्यवसायीमा परेको समस्यालाई सहज रूपमा सहजीकरण गर्न सक्ने क्षमता धनि उहाँको अनुभवी व्यक्तित्व नै चुनाव जित्ने आधार भएको उनले बताए

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected