
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ असोज २८ र २९ गते पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।
२८ गते क्याबिनेट पदाधिकारीहरुको बैठक र २९ गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक एस.आर.केसी. ब्याङक्युट माटेपानीमा हुने डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए । क्याबिनेट मिटिङको प्रारम्भिक चरणको तयारी थालिएको पन्तले जानकारी दिए ।
पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङको आयोजना हुने भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने विश्वास गरिएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्सालले बताए । ‘पोखरामा राम्रो व्यवस्थापन सहित क्याबिनेट मिटिङ सञ्चालन गर्दैछौं,’ उनले भने, ‘करिब २ हजार भन्दा बढ़ी लायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं ।’
लायन्स क्लब अफ पोखरा अभियानको व्यवस्थापनमा र पोखरा एरियाका सम्पूर्ण क्लबहरूको सहयोगमा क्याबिनेट मिटिङ हुँदैछ ।
पोखरामा आयोजना हुने क्याबिनेट मिटिङले पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने पोखरा अभियानका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले बताए ।
यसैबीच दोस्रो क्याबिनेट मिटिङको तयारीका साथै प्रि–रजिस्टेसनको सहजताका लागि सचिवालय स्थापना गरिने आयोजक क्लबका अध्यक्ष लम्सालले जानकारी दिए ।







सम्बन्धित खवर
















