२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सातै प्रदेशका उपाध्यक्षको भेलाको निश्कर्षसहितको प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण

पोखरा, १३ असोज । सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन आज असोज १३ गते बिहीबार बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ ।

भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदा सहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गर्नु भएको हो ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले ६ दसकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग समेत गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण रहेको बताउनु भयो । केन्द्र र प्रदेशका योजना आयोगहरुलाई अझ सशक्त बनाउनका लागि यो भेलाले महत्वपूर्ण निर्णयहरु गरेको उहाँको भनाइ थियो । भेलामा भएका निर्णय कार्यान्वयनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाउनु भयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. काफ्लेले प्रदेशका आयोगलाई सशक्त र प्रभावकारी बनाउनका लागि ऐन बनाएर ल्याउन जरुरी रहेको बताउनु भयो । त्यसैका लागि भेलाले गरेको मार्गनिर्देशन अनुसार प्रदेश नीति तथा योजना आयोग ऐनको मस्यौदा तयार पारिएको जानकारी दिनु भयो । यसैगरी प्रदेश तथ्यांक व्ययवस्थापन ऐन, प्रदेश आयोजना बैंक निर्माण सम्बन्धी मापदण्ड, प्रदेश आयोजना बैंक दिग्दर्शन, प्रदेश योजना अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा समेत उपाध्यक्ष डा. काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गर्नु भएको छ ।

नीति तथा योजना आयोगका लागि आवश्यक जनशक्तिको प्रक्षेपण गरी त्यसै अनुसार तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन समेत उक्त अवसरमा हस्तान्तरण गरिएको छ । अन्य प्रदेशमा समेत नीति तथा योजना आयोगका उपाध्यक्षहरुले आजै प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

भेलाले संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय हुनुपर्ने, संविधान तथा कानुनले व्यवस्था गरेका परिषद तथा समितिहरुको नियमित बैठक बसी आवश्यक निर्णय लिने परिपाटी बसाल्नुपर्ने निश्कर्ष निकालेको थियो ।

यसैगरी पर्याप्त गृहकार्य गरिएका, आवश्यक कागजात तयार भएका, आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट विश्लेषण भएका आयोजनाहरु मात्र कार्यान्वयनमा लैजानका लागि आयोजना बैंक दिग्दर्शन बनाइ कार्यान्वयमा लैजाने निर्णय भेलामा भएको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसमेत उपस्थित भेलाले नतिजामूलक अनुगमन तथा मूल्यांकन प्रणालीको विकास गर्ने निर्णय गरेको थियो । आवधिक योजनाको दीर्घकालीन सोच, दिगो विकासका लक्ष्य, मध्यमकालीन संरचनालाई वार्षिक बजेट तथा कार्यक्रमसँग अन्तरसम्बन्ध कायम गर्ने, बजेट ट्रयाकिङ गर्ने प्रणाली मार्फत् तथ्यपरक अन्तरसम्बन्ध कायम गर्ने निर्णय समेत उक्त भेलामा भएको गण्डकीका उपाध्यक्ष डा. काफ्लेले बताउनु भयो ।

ठूला, प्रदेश गौरवका तथा बहुवर्षे योजनाका लाथि पर्याप्त बजेट व्यवस्था गर्ने परिपाटी बसाल्ने, यस्ता योजना समयमै सम्पन्न गर्न अलग्गै संयन्त्र विकास गर्ने निर्णय भएको छ । प्रदेशमा एकीकृत तथ्यांक प्रणाली विकास गर्ने, प्रदेश नीति तथा योजना आयोग मातहत रहने गरी तथ्यांक महाशाखा वा तथ्यांक कार्यालय स्थापना गर्ने, स्थानीय तहहरुका पनि सान्दर्भिक सूचना प्रदेशमा संकलित हुने व्यवस्था मिलाउने निर्णयका साथ भदौ ६ गते भेला सम्पन्न भएको थियो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिका सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, योजना आयोगका उपाध्यक्षद्वय डा. सुवाश अधिकारी र माया तिम्सिना, निमित्त सचिव डिल्लीराम सिग्देल लगायत सहभागीता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…