२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

रामजी नै कांग्रेसका उम्मेदवार : सभापति गुरुङ

 

पोखरा, ४ कात्तिक । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी प्रसाद बराल जीवनले यस क्षेत्रको सम्बृद्धिका लागि कृषि र पर्यटनको सँगसँगै विकास हुनुपर्ने बताउनुभएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको पाँच दलीय गठबन्धनको संयुक्त बैठकलाई संबोधन गर्दै उम्मेदवार बरालले कृषि र पर्यटनको समानान्तर विकासले मात्रै यो क्षेत्रको मुहार फेरिने दावी गर्नुभयो ।

उहाँले यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाइ जोगाउँदै वातावरणीय संरक्षण सहितको विकास गर्ने आफ्नो सपना रहेको बताउनुभयो ।

बरालले कास्की क्षेत्र ३ लाई विकास र समृद्धिका दृष्टिले एकपटक जुरुक्कै उचाल्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले सो क्षेत्रबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बराललाई नेपाली कांग्रेसको उम्मेदवार मानेर मतदान गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गर्नुभयो । सभापति गुरुङले टिकटको र विगतको तिक्तता बिर्सेर चुनाबमा होमिन आग्रह गर्नुभयो ।

‘म पनि टिकटको आकांक्षी थिएँ । टिकट रामजीजीले पाएपछि एक/दुई दिन त मलाई पनि गाह्रो भयो’, गुरुङले भन्नुभयो, ‘पछि उहाँ र म भेट्दै गयौं, बुझ्दै गयौं, अब त उहाँ अब गठबन्धनको हैन, कांग्रेसको उम्मेदवार जस्तो लागेको छ ।’ द्वन्द्वकालीन तिक्तता र घाउहरु बिसर्नुपर्ने पनि उहाँको धारणा थियो । उहाँले संघमा र प्रदेश सभामा कांग्रेसको नेतृत्वमा फेरि सरकार बनाउन पनि गठबन्धनको जित आवश्यक भएको बताउनुभयो ।

प्रदेश ख का उम्मेदवार प्रकाश बरालले फेवाताल र अन्नपूर्ण बेस क्याम्पलाई जोडेर यो क्षेत्रको विकास गर्ने बताउनुभयो । नेता बरालले उडन्ते र प्रचारका कुरा गर्ने तर कामको सिन्को नभाँच्ने आफ्नो बानी नरहेको भन्दै जनता सामु गरेका प्रतिबद्दता पूरा गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका कार्यबाहक अध्यक्ष शुशिल भट्टचनले गठबन्धनको बैठकपछि अब खुलेर चुनाबमा जाने वातावरण बनेको बताउनुभयो ।

‘अब अन्नपूर्ण गाउँपालिकामा जय नेपाल र लाल सलामको नारासँगै घन्काएर जयलाल भन्दै चुनाबी अभियान गरिनेछ’, उहाँले भन्नुभयो ।

यससँगै अन्नपूर्णको  चुनाबी कार्यालयको कार्यालय पनि सुरु भएको छ । नौडाँडामा स्थापित कार्यालयको उम्मेदवार र नेताहरुले उद्घाटन गरे । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गाउँपालिकाको घरदैलोको कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा निर्वाचन प्रचार प्रसार समितिका सह संयोजक त्रिभुवन पौडेलले बाम लोकतान्त्रिक गठबन्धनका कारण संविधान र गणतन्त्र जोगिएको स्मरण गर्दै व्यवस्था जोगाउने पार्टीका नेताहरु मिल्नुले व्यवस्था बलियो भएको सन्देश भएको बताउनुभयो ।

नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँबर, माओवादी केन्द्रका नेताहरु चुडामणी अधिकारी, भेषराज पौडेल, नेसपाका युवा नेता नेत्र चापागाई, नेकपा एसका पालिका अध्यक्ष भरत देवकोटालगायतले मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…