22Shares

पोखरा । निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले सहासिक खेल प्याराग्लाईडिङलाई पोखराबाट विस्थापित गर्न दिन नहुने बताउनु भएको छ । ५ दलीय गठबन्धन पोखरा १८ को वडा सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै नेता बरालले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आए पनि त्यसको समय ब्याबस्थापन गरी पोखराबाट प्याराग्लाईडिङ संचालन गर्नुपर्ने बताउनु भएको हो ।

पोखराको मुख्य पर्यटकको आकर्षणको रुपमा रहेको साहासिक खेल प्याराग्लाइडिङ विस्थापित हुदा पोखरा क्षेत्रकै पर्यटन क्षेत्रमा ठुलो नोक्सान हुने हुदा त्यसलाई संचालनको लागि समय ब्यबस्थापन गरी प्राविधिक रुपमा व्यबस्था मिलाउनु पर्नेमा उहाँको जोड थियो ।

कास्कीको दुई वटा निर्वाचन क्षेत्र बिचमा रहेको फेवाताल दीन प्रतिदीन खुम्चिदै आएको नेता बरालले दाबी गर्नु भयो । पोखराको आक्रर्षणको रुपमा रहेको राष्ट्रिय सम्पदा फेवाताल बिना पोखराको धेरै चिज लोप हुने उहाँको दाबी छ । फेवाताल संरक्षण गर्न दजनौं संस्था स्थापना भए पनि दिगो रुपमा फेवातालको संरक्षणमा कसैको ध्यान नपुगेको बताउदै नेता बरालले आफु निर्वाचित भए त्यसलाई उचित ढंगले ब्यबस्थापन गर्न पहल गर्ने दाबी गर्नु भयो ।

कास्कीको पोखरा तालैतालको नगरी भएकोले पोखराका तालहरुको संरक्षण गर्न जनप्रतिनिधि सहित सबैको दाहित्व भएको बताउदै गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहनुभएका नेता बरालले बृहत गुरु योजना बनाई तालहरुको संरक्षण गर्नुपर्ने बताउनु भयो । फेवातालसंगै आश्रित भएको जलारी समुदायको समेत उचित ढंगले राज्यले ब्यबस्थापन गर्नुपर्ने उहाँको भनाई थियो । पाँच दलीय गठबन्धन पवित्र गठबन्धन भएको नेता बरालको भनाई थियो ।

त्यसै गरी कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्यका प्रत्यासी गठबन्धनका उमेदार दुर्गादत्त भण्डारीले अन्तरआत्मबाटै विभाजन नभई गठबन्धनका उमेदवारलाई जिताउने अभियानमा सबै एक हुन आग्रह गर्नु भयो  । आफुहरुको प्रतिष्प्रर्धीको रुपमा रहेको एमाले दरिलो भएकोले त्यसको सामाना गर्न धेरै मेहनत र परिश्रम गर्नुपर्ने उहाँको भनाई थियो ।

काँग्रेस नेता पोषनाथ शर्माले नेकपा एमाले र केपी शर्मा ओलीको अंकारले संविधान रक्षा गर्न गठबन्धन आवश्यक भएको बताउनु भयो । कुनै निर्वाचन क्षेत्रमा कुनै गठबन्धनका नेता हार्नु भनेको उमेदवार भन्दा पनि प्रतिगमनलाई प्रसय हुने उहाँको भनाई थियो । निर्वाचन परिचालन कमिटि संयोजक नारायण खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय उमनाथ चपाई, एकिकृत समाजबादीका राजेन्द्र अधिकारी लगायतले वोल्नु भएको थियो ।

कास्की क्षेत्र नम्बर ३ ख मा प्रदेश सभाको लागि नेपाली काँग्रेसका युवा नेता प्रकाश बराल प्रत्यासी उमेदवार हुन् । कृषि, पर्यटन, जलबिद्युत, उद्योग, भौतिक पुर्वाधार, मानव संशाधन र शुसासन मूल समृद्धिका आधार संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नाराका साथ गठबन्धनका उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्।

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected