2Shares

पोखरा  निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताउनु भएको राष्ट्रिय समाचार समितिसँगको सहकार्यमा निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धता अनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नु भएको हो 

आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताउनु भयो आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा ज प्राप्ति गर्ने अपनत्व लिने सामूहिक कार्य भएको बताउदै सबै सरोकारवालाले आफ्नोतर्फबाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गर्नु भयो

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यमहरूले आधिकारिक सूचना समाचार सम्प्रेषण गरी निर्वाचनलाई सफल पार्ने निर्वाचन आचारसंहिता उल्लङ्घनमा पहरेदार वाच डगको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो। उहाँले सञ्चार प्रतिष्ठान, पत्रकार कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिनु भयो

प्रवक्ता शर्माले समानुपातिक निर्वाचनतर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिनु भयो राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतोले राससले स्वनियमनका लागि निर्वाचन आचारसंहिता पारित गरी लागू गरेको जानकारी दिँदै मतदाताको पक्षबाट जनसरोकारका एजेन्डालाई समाचार सामग्री बनाउने गरिएको जानकारी दिनु भयो

राससले निर्वाचन आयोगसँग मिलेर राससको बुलेटिनमा निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने केन्द्रीय कार्यालयमा निर्वाचन रिर्पोटिङ डेस्क स्थापना गरिएको बताउनु भयो सम्पादक महतोले सञ्चारमाध्यम र पत्रकारले पेसागत मर्यादा पत्रकारिताको सिद्धान्तमा अडिग, पत्रकार आचारसंहिता निर्वाचन आचारसंहिता पालना गरी नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताउनु भयो।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई स्वतन्त्र भयरहित बनाउन तीनवटै सुरक्षा निकायसँगै जिल्लामा एक हजार सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको जानकारी गराउनुभयो उहाँले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउनु भयो

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमप्रसाद पराजुली, पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतले निर्वाचनलाई सफलबनाउन आमसञ्चारमाध्यमको ठूलो भूमिका रहने उल्लेख गर्नु भएको थियो

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected