
पोखरा । पोखरा २४ कास्कीकोटका स्थानिय बासिहरुले चर्को रुपमा उठाउदै आएको एक मात्र मुद्धा खानेपानी तर त्यसको समस्या समाधान अझै हुन सकेको छैन् । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) प्रदेश सांसदका प्रत्यासी उमेदवार प्रकाश बराल लगायतको टोली कास्कीकोटका जनताको घरमा पुग्दा अधिकांश जनताको पहिलो माग भनेकै पानी रहेको छ ।
जनताको गुनासो सुन्दै भेटघाट कार्यक्रममा निस्केका प्रत्यासी संघ र प्रदेशका उमेदवारद्धय बरालहरुले जनताको पहिलो माग पूरा गर्न प्रदेश र संघिय सरकारबाट पहल र प्रयत्न गरी दुई बर्ष भित्र कास्कीकोटमा पानीको समस्याको समाधान गर्ने बताउनु भएको छ । गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहनु भएका नेता बरालले सराङकोटमा जसरी अब कास्कीकोटमा पनि पानीको अभाव हुन नदिने बताउनु भयो । आफुलाई जनताले पुनः विजयी गराउनेमा विशोस्त हुदै उहाँले जनताको पहिलो प्रथामिकताको आधारमा आफुहरुले काम गर्ने जनाउनु भयो । सिमित श्रोत साधानको बाबजुत पनि प्रदेश सरकारले सडक संजालमा बढी केन्द्रित भएकोले खानेपानी जस्तो सम्बेधनशिल बिषयमा अबका जनप्रसतिनिधिहरु थप जिम्मेवार हुनु पर्ने उहाँको भनाई थियो । बृहत खानेपानी योजना, सडक संजाल, लिफ्टीङ खानेपानी योजना लगायतका बिषयमा आफुहरुको ध्यान जाने नेता बरालको भनाई छ । कास्कीकोटमा बृन्दावन बनाउने अवधारण राम्रो भएको पनि उहाँले बताउनु भयो ।
प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार प्रकाशले पुम्दीभुम्दी, सराङकोटमा पनि पानीको कास्कीकोट जस्तै समस्या भएकोले अब कास्कीकोट लगायतका क्षेत्रमा पानीको समस्या समाधान गर्न आफुहरुले पहिलो प्रथामिकता दिने बताउनु भयो । उहाँले स्थानियसँग भन्नुभयो, “ तपाईहरुले पानीको लागि भोग्नु भएको दुःख कष्ट हामीले बुझ्छौं, यसपाली हामीलाई विजयी गराएमा अर्को पटक हामी आउदा तपाईहरुको घर घरमा धारा आउछ, ल बा, आमा हामीलाई आर्शीरबाद दिनुहोस । ” स्थानिय माधव शर्माले जनताको पहिलो माग भनेकै पानी भएकोले त्यसलाई सम्बोधन गर्न आगन्तुक नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । गठबन्धनमा केही आशा भएको उल्लेख गर्दै उहाँले आफुहरुको जित भएमा पानीको समस्या समाधान हुनेमा विश्वस्त रहेको जनाउ दिनु भयो । बर्षायाममा बाहेक अन्य समयमा घण्टौं लागेर पानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानिय लक्ष्मी थापाले गुनासो गर्नुभयो ।







सम्बन्धित खवर
















