२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

खुल्यो ‘मेरो पढाइ’

पोखरा । कक्षा ११, १२ र स्नातक पढ्ने विद्यार्थी लक्षित ई-लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ सञ्चालनमा आएको छ । पोखराको क्लिन टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म मेरो पढाइ डटकम सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
अहिले बीबीएस पहिलो वर्षको पाठ्यवस्तु सार्वजनिक गरिएको छ । एक महिनापछि अन्य संकायको पनि भिडियो कक्षा चलाउने मेरो पढाइका सीइओ मानवकल्याण पराजुलीले बताए । ‘हामीले अध्ययन गर्दा ब्याच्लर पहिलो वर्षदेखि दोस्रो वर्ष जाँदा आधा विद्यार्थी नपढेको देखियो । त्यस्ता विद्यार्थीले आफ्नो पढाइ पुरा गर्न हामीसँग जोडिँदा लाभदायी हुन्छ,’ उनले भने ।
मेरो पढाइसँग जोडिन ‘मेरो पढाइ डटकम’ लग इन गर्न सकिन्छ भने गुगल र एप्पल स्टोर्सबाट एप डाउन्लोड गर्न सकिन्छ । त्यसमा निर्धारित शुल्क तिरेर जोडिएपछि मान्यता प्राप्त पाठ्यपुस्तक पढाएको भिडियो अध्ययन गर्न सकिने छ । छिट्टै विषयगत प्राध्यापकहरुसँग प्रत्यक्ष कक्षा पनि सञ्चालनमा ल्याउने तयारी तयारी छ । मेरो पढाइको सामग्री प्रयोग गर्दा प्रति विषय मासिक ५ सय रुपैयाँ शुल्क लाग्छ ।
विद्यार्थीले गाह्रो मान्ने एकाउन्ट, अंग्रेजीजस्ता विषयका सामग्रीलाई अझ जोड दिइने सीइओ पराजुलीले बताए । मेरो पढाइमार्फत विदेशमा रहेका नेपालीका बच्चालाई नेपाली भाषा सिकाउने योजना सञ्चालकहरुको छ । त्यसबाहेक कोरियन, जापानीजलगायत देशका भाषा पनि अनलाइनमार्फत सिकाउने योजना छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…