
1Shares
पोखरा । तिहारको मौलिक संस्कृति जर्गेनामा सहयोग पुर्याउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडा बेलबुटेस्थित बेलबुटे आदर्श बाल क्लबले देउसीभैलो कार्यक्रम गरेको छ ।
क्लबमा आवद्ध सदस्यबीच गरिएको देउसीभैलीको मुख्य उद्देश्य क्लबका सदस्यबीच तिहारको मौलिक संस्कृतिबारे जानकारी गराउने रहेको क्लबका अध्यक्ष नन्जिसा घिमिरेले जानकारी दिनुभयो ।
क्लबका सदस्यलाई हरेक पर्व र संस्कृतिको मौलिक महत्वको जानकारीसँगै प्रत्येक विधामा सकृय बनाउँदै व्यक्तित्व विकासमा टेवा पुर्याउने दीर्घकालीन लक्ष्य लिइएको उहाँले बताउनुभयो । देउसीभैलोसँगै क्लबले आगामी कात्तिक १३ गते मैत्री बनभोज कार्यक्रम आयोजना गरेको उपाध्यक्ष समृद्धि पौडेलले जानकारी दिनुभयो ।
1Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















