10Shares

पोखरा । सत्ता गठबन्धन दलको कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश (२)ले एकै दिन पाँच स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनले प्रदेश सभा २ को अन्नपूर्ण गाउँपालिका ५-११ सम्मको बिरेठाँटी र १-४ को नागडाँडामा, महानगरका वडा ५ र ६ को फिस्टेल पाटी प्यालेस फ़िर्केमा, २२ नम्बर वडाको पुम्दीमा र वडा नं २३ र २४ को लौरूकमा मंगलवार प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रदेश २ निर्वाचन परिचालन संयोजक राजबहादुर गुरूङले जानकारी दिए ।

गुरूङको भनाई अनुसार कार्यक्रममा सत्ता गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
अन्नपूर्ण गाउँपालिका ५-११ सम्मको बिरेठाँटीमा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरू बराल, कांग्रेस नेता आई बहादुर गुरूङ लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा गठबन्धनका तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी प्रसाद बराल“जीवन” र गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर ३ (२) का उम्मेदवार प्रकाश बरालको समेत उपस्थिति रहेको थियो ।
यसै गरी पालिका कै १-४ नम्बर वडाका सत्ता गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्तालाई कांग्रेस नेता पोषनाथ शर्मा र डिएलए कास्कीका अध्यक्ष कपिलमणि दाहाल, महानगरका वड़ा ५ र ६ का नेता तथा कार्यकर्तालाई कांग्रेस नेता देवराज चालिसे, बेदहरि तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । सो प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङगौंलाले पनि प्रशिक्षण दिएकी थिईन् ।
त्यस्तै महानगर कै वडा नं २२ मा कांग्रेस नेता गंगाधर पराजुली, डा यमनाथ तिमिल्सिना, वडा नं २३ र २४ मा नेकपा माओवादीका नेता राजकाजी गुरूङ ‘करण’ र प्राध्यापक भिमनाथ बरालले गठबन्धन के का लागि किन र औचित्य माथी प्रकाश पार्दै सहभागीलाई प्रशिक्षण दिएका थिए ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected