4Shares

पोखरा । कास्की क्षेत्र नं. १ मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर चुनावी प्रचारप्रसारलाई तिव्र पारेको छ ।

सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङ, कास्की क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारी, एमाले नेता कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् ।

बुधबार रूपा गाउँपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए । उम्मेदवारहरुले एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको स्पष्ट पारे ।

रूपा गाउँपालिका वडा नम्वर ७ का स्थानियले एमाले पार्टीलाई बुहुमतले जिताएर पाँच वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected