पत्रकार विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण
- November 3, 2022
- 1422

0Shares
पोखरा । नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबार म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्बिर खिच्नेक्रममा प्रहरी हस्तक्षेपको निन्दा व्यक्त गरेको छ ।
युनियन कास्कीका तर्फबाट सचिव प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको सो कदम प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो भन्दै घटनामा संलग्नलाई कारबाही गरी पूर्ण प्रेस स्वतन्त्रताको वातावरणको लागि माग गरिएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















