30Shares

पोखरा । लोकबाम गठबन्धन दलका उम्मेदवारले हारे मुस्लिम लगायत समाजमा पछाडि पारिएका समुदायको अधिकार खोसिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले बताउनु भएको

आसन्न मंसिर गतेको निर्वाचनको पूर्वसन्ध्यामा गण्डकी प्रदेश मुस्लिम पाँचदलीय गठबन्धनद्धारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सत्तारले मुस्लिम समुदायले आफ्नो अधिकार स्थापित गर्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भएको हो

उहाँले संविधानको रक्षा मुस्लिम अधिकार पाँच दलीय गठबन्धनमा आवद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्नसक्ने पनि दावी गर्नु भएको

वि. २०७२ को संविधानले मुलुकभर छरिएर रहेका सबै समुदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक पीछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भएपनि केपी ओली नेतृत्व सरकारले कानून, नियम, विनियम बनाएर संविधान प्रदत्त अधिकार उपभोग गराउनु पर्नेमा मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय बिदा समेत कटौती गरेकोप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो

केपी नेतृत्व सरकारले संविधानमाथि नै प्रहार गरी निरंङ्कुश अधिनायकबाद स्वच्छाचारी ढंगले संविधानले दिएको अधिकारलाई समेत कटौती गरेकै कारण आफ्नो धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार खोज्नपाँच दलीय गठबन्धनको साथ आवश्यक भएको उहाँको भनाई

जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्याको चार प्रतिशत मुस्लिम समुदाय रहेको राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो मंसिर गतेको निर्वाचनमा मुस्लिम समुदायको तर्फबाट प्रत्यक्षमा निकै कम उम्मेदवार बनाइनु दु:खद कुरा भएको भनाई पनि उहाँको

नेकपा (एकीकृत) समाजवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समुदायलाई राज्यले सधै पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म संर्घष गरिरहनुप पर्नेमा जोड दिनुभयो मुस्लिम अधिकारका लागि आफू संर्घषरत रहेको संसदमा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द रुपमा आवाज उठाउने उहाँको भनाई

सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेश सभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुवीदा खातुनले मुस्लिम समुदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको बताउनुभयो अल्पसंख्यक समुदाय भएपनि राज्यले मुस्लिम समुदायप्रति हेर्ने दृष्टिकोण फरक रहेको उहाँको भनाई

सो अवसरमा नेपाल मुस्लिम संघ गण्डकी प्रदेशका सभापति हाजि शाह मोहम्मद मिया, मुस्लिम इत्तिहार संगठन नेपाल गण्डकी प्रदेशका इन्चार्ज कलिला खान मुश्लिम मुत्तिःमोर्चा गण्डकीका इन्चार्ज जलाल दिनमिया लगायतले आफ्ना भनाई राख्नुभएको थियो

30Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected