17Shares

पोखरा । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई मंगलबार पदबाट बर्खास्त गरेका हुन् । मन्त्री आचार्यले गठबन्धनलाई असहयोग गर्नुका साथै एमालेलाई सहयोग गरेका कारण बर्खास्त गरिएको बताइन्छ ।
गोरखामा सत्ता गठबन्धनका उम्मेदवारविरूद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई बर्खास्त गरेका हुन् ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन्। २०७४ मा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिबाट आचार्य निर्वाचित भएका थिए।
मन्त्री आचार्यलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गरी प्रदेश प्रमुखको सचिवालयले मंगलबार एक सूचना जारी गरेर मन्त्री आचार्यलाई बर्खास्त गरिएको जानकारी गराएका छन् । आचार्यको पार्टी नेपाल समाजवादी पार्टी गठबन्धनमा रहेपनि आचार्य भने गठबन्धनको विरोधमा रहँदै आएको आरोप लागेको थियो ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected